close

स्टार्टअपलाई ३% ब्याजदरमा ऋण दिने सरकारको घोषणा

टेकपाना टेकपाना

जेठ १५, २०८२ १५:५७

स्टार्टअपलाई ३% ब्याजदरमा ऋण दिने सरकारको घोषणा

 

काठमाडौँ । नयाँ पुस्ताका युवालाई व्यवसायमा आकर्षित गर्न सरकारले तीन प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ । बिहीबार आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट कार्यक्रम प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्टार्टअप प्रवर्द्धनका लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था गरेका हुन् ।

काम खोज्ने नभई काम दिने युवाको संख्याको वृद्धि गर्न नवप्रवर्तनमा आधारित स्टार्टअप उद्यमशिलता प्रवर्द्धन गरिने उनले बताए । जेनजी (GenZ) पुस्तालाई उद्यमशील र व्यावसायिक बनाउन सरकारले विश्वविद्यालय र नीजि क्षेत्रसँगको सहकार्यमा इन्क्युबेसन सेन्टर सञ्चालन गरिनेछ पनि उनले जानकारी दिए ।

“स्टार्टअप उद्यमीलाई सीप विकास व्यवसाय विस्तार बजारीकरण र मूल्य श्रृङ्खलामा आवद्ध गर्न सहुलियत पूर्ण  कर्जा कार्यक्रम विस्तार गरेको छु । यसका लागि  तीन प्रतिशत व्याजदरमा ऋण उपलब्ध गराउन ७३ करोड विनियोजन गरेको छु,” उनले भने ।  

पछिल्लो अध्यावधिक: जेठ १५, २०८२ १५:५७