काठमाडौँ । अब सरकारी कार्यालयहरूले नेपालमै बनेको सफ्टवेयर प्रयोग गर्नुपर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यक्रम प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक निकायमा स्वदेशमै बनेको सूचना प्रविधि तथा सफ्टवेयर उपयोगलाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरिने बताएका हुन् ।
“सार्वजनिक निकायहरूले स्वदेशमै विकास भएका सफ्टवेयर उपयोगलाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरिनेछ,” उनले भने, “सार्वजनिक निकायहरूमा सूचना प्रविधि पूर्वाधारमा एकरूपता ल्याउन हार्डवेयर र सफ्टवेयरको मापदण्ड तयार गरिनेछ ।”