काठमाडौँ । सरकारले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचका लागि टेलिमेडिसिन र डिजिटल हेल्थ सेवा विस्तार गर्ने भएको छ । बिहीबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस किसिमको घोषणा गरेका हुन् ।
उनका अनुसार अत्याधुनिक स्वास्थ्य सेवाका लागि रोबोटिक्स र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरिनेछ । यसका साथै बाल हेल्पलाइन सेवा समेत नागरिक एपमै उपलब्ध हुने भएको छ ।