काठमाडौँ । सरकारले प्रदेश स्तरबाट नै सवारी चालक अनुमतिपत्र वितरण गर्ने व्यवस्था मिलाउने भएको छ । बिहीबार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो कार्यक्रम अघि सारेका हुन् ।
“प्रदेश स्तरबाट सवारी चालक अनुमतिपत्र वितरण गर्ने व्यवस्था मिलाइनेछ,” उनले भने ।
सरकारले केन्द्रीय तथा सङ्घीय स्तरबाट ड्राइभिङ लाइसेन्स वितरण तथा व्यवस्थापनको काम गर्दा वर्षौँदेखि सेवाग्राहीले लाइसेन्स पाउन सकेका छैनन् । अब प्रदेशबाट लाइसेन्स वितरण हुने भएपछि केही सहज हुने विश्वास छ ।