close

विदेशमा आईटी सेवा बेच्ने नेपालीले आम्दानीको ५ प्रतिशतमात्रै कर तिर्नुपर्ने

टेकपाना टेकपाना

जेठ १५, २०८२ १७:४६

विदेशमा आईटी सेवा बेच्ने नेपालीले आम्दानीको ५ प्रतिशतमात्रै कर तिर्नुपर्ने

काठमाडौँ । सरकारले विदेशमा सूचना प्रविधि (आईटी) सेवा निर्यात गरी आर्जन गर्ने आम्दानीमा लाग्ने करमा भारी छुट दिने घोषणा गरेको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट बिहीबार संघीय संसदमा प्रस्तुत गर्दै यस्तो आम्दानीमा केवल ५ प्रतिशत मात्र कर लाग्ने व्यवस्था गरिएको जानकारी दिएका हुन् । 

“सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त हुने आयमा लाग्ने करमा ७५ प्रतिशत छुट हुने व्यवस्था मिलाएको छु,” अर्थमन्त्री पौडेलले बजेट भाषणका क्रममा भने, “नेपालमा बसी विदेशमा सूचना प्रविधि सेवा निर्यात गर्ने व्यक्तिको आम्दानीमा पाँच प्रतिशत आयकर लाग्ने र यो कर अन्तिम हुने व्यवस्था मिलाएको छु ।”

पछिल्लो अध्यावधिक: जेठ १५, २०८२ १७:४६