ईभी चार्जिङ मसिन बनाउने उद्योगलाई १% भन्सार बाहेक कुनै पनि कर नलाग्ने, ५ वर्षसम्म आयकर छुट
जेठ १५, २०८२ १८:२१
काठमाडौँ । विद्युतीय सवारी साधनको चार्जिङ मसिन उत्पादन तथा एसेम्बलिङ गर्ने उद्योग स्थापनका लागि आवश्यक पर्ने उपकरण पैठारीमा १ प्रतिशत भन्सार शुल्क मात्र लाग्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्य मार्फत अर्थमन्त्री विष्णु पौडेल यस्ता उपकरणमा १ प्रतिशत भन्सार महसुल बाहेक कुनै पनि कर महसुल नलाग्ने घोषणा गरेका हुन् ।
यस्ता उद्योगलाई पाँच वर्षसम्म आयकर छुट दिने व्यवस्था समेत सरकारले मिलाएको छ ।
पछिल्लो अध्यावधिक: जेठ १५, २०८२ १८:२२
