टेकपाना
जेठ १५, २०८२ १८:३१
काठमाडौँ । सरकारले सौर्य तथा वायु ऊर्जाबाट सञ्चय गर्न आवश्यक पर्ने ब्याट्री तथा अन्य यन्त्र उपकरणको पैठारीमा १ प्रतिशत भन्सार मात्र लगाउने भएको छ ।
आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।
यस्ता ब्याट्री तथा यन्त्र उपकरणमा १ प्रतिशत भन्सार बाहेक अन्य कुनै पनि कर महसुल नलाग्ने व्यवस्था मिलाइएको अर्थमन्त्री पौडेलले उल्लेख गरेका छन् ।
पछिल्लो अध्यावधिक: जेठ १५, २०८२ १८:३१