काठमाडौँ । एआई अध्ययन तथा विस्तारका लागि सरकारले लगानी गर्ने भएको छ । बिहीबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले एआई सेन्टर स्थापनाका लागि बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।
एआई र र मसिन लर्निङको अनुसन्धान, प्रयोग र विस्तारका लागि एआई सेन्टर स्थापना गरिने उनले जानकारी दिए । यसका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने उनको भनाइ छ ।
“कृत्रिम बौद्धिकताको व्यावसायिक प्रयोग प्रवर्द्धनका लागि सहजीकरण गरिनेछ,” अर्थमन्त्री पौडेलले भने ।