काठमाडौँ । ओपनएआईले च्याटजीपीटी लगायतका आफ्ना एआई टुलको प्रयोगलाई अझ प्रभावकारी र व्यापक बनाउने उद्देश्यले विभिन्न उपयोगी कोर्सहरू उपलब्ध गराउँदै आएको छ । यसै क्रममा कम्पनीले आफ्नो ‘एआई एकेडेमी’ मार्फत हाल ११ ओटा कोर्स पूर्ण रूपमा निःशुल्क उपलब्ध गराएको हो ।
यी कोर्सले प्रयोगकर्तालाई च्याटजीपीटी र अन्य एआई मोडेलको क्षमतालाई राम्रोसँग बुझ्न र त्यसको अधिकतम उपयोग गर्न मद्दत पुर्याउने बताइएको छ । तपाईं एआईमा नयाँ हुनुहुन्छ वा आफ्नो क्षमतालाई अझ तिखार्न चाहनुहुन्छ भने यी कोर्स उपयोगी हुन सक्छन्:
यस कोर्सले तपाईंलाई एआई मोडेल विशेषगरी च्याटजीपीटीजस्ता लार्ज ल्याङ्ग्वेज मोडेल (LLMs) सँग कसरी प्रभावकारी रूपमा संवाद गर्ने भन्ने सिकाउँछ । ‘प्रम्प्ट’ भनेको तपाईंले एआईलाई दिने निर्देशन वा प्रश्न हो । यो कोर्समा तपाईंले स्पष्ट, संक्षिप्त र प्रभावकारी प्रम्प्ट कसरी लेख्ने भन्ने सिक्न सक्नुहुन्छ ।
च्याटजीपीटीले कसरी जानकारीलाई प्रशोधन गर्छ र जटिल प्रश्नको जवाफ दिँदा कस्तो प्रकारको ‘तार्किक’ (Reasoning) प्रक्रिया अपनाउँछ भन्ने कुरा यो कोर्समा सिक्न सकिन्छ । यसले च्याटजीपीटीको सोच्ने तरिका, समस्या समाधान गर्ने क्षमता र यसका सीमा बुझ्न सघाउँछ । तपाईंले च्याटजीपीटीले कसरी विभिन्न धारणालाई जोड्छ र निष्कर्ष निकाल्छ भन्नेबारे यस कोर्समा जान्नुहुनेछ ।
यो कोर्स च्याटजीपीटीलाई एक अनुसन्धान टुलका रूपमा कसरी प्रयोग गर्ने तरिका सिक्न सकिन्छ । तपाईंले जानकारी खोज्ने, विभिन्न स्रोतबाट डेटा सङ्कलन गर्ने, लामो लेख वा डकुमेन्टको सारांश निकाल्ने र जटिल विषयलाई सरल भाषामा बुझ्न च्याटजीपीटीको मद्दत कसरी लिने भन्ने सिक्नुहुनेछ । यसले तपाईंको अनुसन्धान प्रक्रियालाई छिटो र प्रभावकारी बनाउन सक्छ ।
यस कोर्सले ओपनएआई, लार्ज ल्याङ्उग्वेज मोडेलको अवधारणा र च्याटजीपीटी बीचको सम्बन्ध र आधारभूत संरचनाको बारेमा जानकारी दिन्छ । तपाईंले एलएलएम कसरी तालिम प्राप्त गर्छन्, तिनीहरूको क्षमता के हो र च्याटजीपीटी कसरी यो प्रविधिको एक उदाहरण हो भन्ने बुझ्नुहुनेछ ।
यस कोर्सले डेटासेट (तथ्याङ्कका समूह) बुझ्न, विश्लेषण गर्न र त्यसबाट महत्वपूर्ण जानकारी निकाल्न च्याटजीपीटीको प्रयोग कसरी गर्ने भन्ने देखाउँछ । तपाईंले डेटा मिलाउने, ढाँचा वा प्रवृत्ति पहिचान गर्ने र डेटामा आधारित प्रश्नको जवाफ पाउन च्याटजीपीटीलाई कसरी निर्देशन दिने भन्ने सिक्नुहुनेछ ।
आधारभूत प्रम्प्ट इन्जिनियरिङभन्दा एक कदम अगाडि छ ‘एड्भान्स्ड प्रम्प्ट इन्जिनियरिङ’ । यस कोर्सले अझ जटिल र परिष्कृत प्रम्प्ट कसरी निर्माण गर्ने भन्ने सिकाउँछ । यसमा विभिन्न प्रम्प्टिङ टेक्निक जस्तै ‘फ्यु-सट प्रम्प्टिङ’, ‘चेन-अफ-थट प्रम्प्टिङ’ र एआईलाई निश्चित भूमिका वा व्यक्तित्वमा ढालेर काम गराउने तरिका समावेश छन् । ८. मल्टीमोडालिटीको परिचय
मल्टीमोडालिटी भनेको एआईले टेक्स्ट मात्र नभई इमेज, अडियो र भिडिओ जस्ता विभिन्न प्रकारका जानकारी एकैसाथ बुझ्न र प्रशोधन गर्न सक्ने क्षमता हो । यस कोर्सले मल्टीमोडेल एआई कसरी काम गर्छ, यसका फाइदा के हुन् र भविष्यमा यसले कस्ता सम्भावना ल्याउन सक्छ भन्नेबारे विस्तृत जानकारी दिने कम्पनीले जनाएको छ ।
ओपनएआईका अनुसार यस कोर्सले लेख लेख्न वा सुधार गर्न र विभिन्न प्रोग्रामिङ भाषामा कोड लेख्न, बुझ्न वा डिबग (त्रुटि सच्याउन) गर्न च्याटजीपीटीलाई कसरी सहायकको रूपमा प्रयोग गर्ने भन्ने सिकाउँछ । यसले तपाईंको लेखन र कोडिङ कार्यलाई छिटो र प्रभावकारी बनाउन मद्दत गर्न सक्छ ।
१०. च्याटजीपीटी प्रोजेक्ट
यो कोर्स बढी व्यावहारिक छ र यसले तपाईंले सिकेका च्याटजीपीटीका सीपलाई वास्तविक जीवनका साना-साना परियोजनामा कसरी लागु गर्ने भन्ने सिकाउने कम्पनीले जनाएको छ । तपाईंले च्याटजीपीटी प्रयोग गरेर कुनै उपयोगी टुल वा सामग्री कसरी बनाउन सकिन्छ भन्नेबारे उदाहरण र गाइडेन्स यसबाट पाउन सक्नुहुन्छ ।
‘जीपीटी’ (GPTs) भनेका ओपनएआईले उपलब्ध गराएको नयाँ फिचर हो, जसले प्रयोगकर्तालाई कुनै विशेष काम वा उद्देश्यका लागि च्याटजीपीटीको आफ्नै कस्टमाइज्ड भर्सन बनाउन दिन्छ । तर, यसका लागि कोडिङ जान्नुपर्छ भन्ने हुँदैन । यो कोर्सले जीपीटी के हुन्, तिनीहरू कसरी बनाउने र विभिन्न क्षेत्रमा तिनको प्रयोग कसरी गर्न सकिन्छ भन्नेबारे जानकारी दिन्छ ।
यी बाहेक एआई प्रयोग गरेर आफ्नो काम कसरी उत्कृष्ट बनाउने भन्ने सिक्न यहाँ र च्याटजीपीटीलाई आफ्नो सुपर असिस्टेन्ट कसरी बनाउने भन्ने सिक्न यहाँ क्लिक गर्नुहोस् ।