close

दराजको ६.६ मेगा सेल: ६ रुपैयाँमै सामान, ८०% छुट र करोडौँको भौचर

टेकपाना टेकपाना

जेठ २२, २०८२ १९:५

दराजको ६.६ मेगा सेल: ६ रुपैयाँमै सामान, ८०% छुट र करोडौँको भौचर

काठमाडौँ । ईकमर्स प्लेटफर्म दराज नेपालले ६.६ मेगा मिड-इयर सेल घोषणा गरेको छ । २३ जेठदेखि पाँच दिनसम्म चल्ने यो सेलमा ग्राहकले ८० प्रतिशतसम्मको छुट, निःशुल्क होम डेलिभरी सेवा, एक करोड रुपैयाँ बराबरका भौचर लगायतका अफर पाउनसक्ने दराजले जनाएको छ ।

कम्पनीका अनुसार ग्राहक‍ले ‍सेटाफिल, आईडब्लूबी, एङ्कर लगायतका ब्रान्डका उत्पादनमा ११ प्रतिशतसम्म, नाइकीमा ५० प्रतिशतसम्म र होटो तथा न्यानो डाइपर्स ब्रान्डमा ४० प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।

यो सेलमा ‘Fastest Finger Flash Sale’ अफर पनि राखिएको छ, जसअन्तर्गत मध्यरात, बिहान ८ बजे, ११ बजे, दिउँसो ३ बजे र राति ८ बजे ६ रुपैयाँमै विभिन्न सामान किन्न सकिनेछ ।

यसपटक दराजले दुई नयाँ अफर पनि ल्याएको छ- एड टु कार्ट एन्ड विन (Add to Cart & Win) र बाई एन्ड विन (Buy & Win) । एड टु कार्ट एन्ड विन अफर अन्तर्गत कम्तीमा १० हजार रुपैयाँ बराबरको सामान आफ्नो कार्टमा राख्ने ग्राहकमध्ये पाँच जनालाई भाग्यशाली विजेता छनोट गरिनेछ‍ । उनीहरूलाई अधिकतम नौ हजार रुपैयाँ बराबरका उपहार‍ प्रदान गरिने कम्पनीले जनाएको छ । 

त्यस्तै बाई एन्ड विन अफरमा कम्तीमा पाँच हजार रुपैयाँको सामान खरिद गर्ने ग्राहक‍मध्ये एक जनाले ५२ हजार ५०० रुपैयाँ बराबरको ग्लेन होम अप्लायन्सेसको बन्डल जित्न सक्नेछन् ।

 

पछिल्लो अध्यावधिक: जेठ २२, २०८२ १९:५