काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी वाई-फाई नेपालले ‘मनसुन अफर- सेन्चुरी प्याक’ सार्वजनिक गरेको छ । कम्पनीले १०० एमबीपीएस गति इन्टरनेट सेवासहित यो अफर ल्याएको हो ।
यस अन्तर्गत १२ महिनाको सेवा जडान गर्दा एक महिना बोनस, ५ गिगाहर्जको नोकिया राउटर सहितको प्याकेज साढे आठ हजार रुपैयाँमा उपलब्ध गराइने कम्पनीले जनाएको छ । उक्त मूल्यमा कुनै थप शुल्क वा भ्याट लाग्ने छैन ।
वाई-फाई नेपालका प्रमुख कार्यकारी अधिकृत शत्रुहन पञ्जियारले भने, “वाई-फाई नेपालको लक्ष्य सधैं सबै नेपालीलाई छिटो र भरपर्दो इन्टरनेट सेवा किफायती मूल्यमा उपलब्ध गराउनु हो । १०० एमबीपीएस सेवा सफलताका साथ सञ्चालन भइरहेका बेला ग्राहकलाई मध्यनजर गर्दै यो विशेष अफर ल्याइएको हो ।”
उनका अनुसार हाल वाई-फाई नेपालको सेवा देशभर ४८ शाखा र १०० भन्दा बढी सहरमा सेवा विस्तार भइसकेको छ । सेवा सुरु गर्न ४४३ जना प्राविधिक जनशक्ति परिचालनमा छन् ।