गुगल म्याप्सको निर्देशन आँखा चिम्लेर मान्दा महिलाले पोखरीमा खसाइन् गाडी, सकुशल उद्धार
साउन ११, २०८२ १३:३६
काठमाडौँ । गुगल म्याप्सको निर्देशन आँखा चिम्लेर विश्वास गर्दा एक महिलाले आफ्नो कार पोखरीमा खसालेकी छन् । शुक्रबार बिहान भारतको नवी मुम्बईमा उनले आफ्नो अडी कार अन्जानमा खाल्डोमा हालेकी हुन् ।
भारतीय सञ्चारमाध्यम टाइम्स नाउका अनुसार ती महिला बेलापुरबाट उल्वेतर्फ जान लागेकी थिइन् । तर गुगल म्याप्सले देखाएको गलत बाटो पछ्याउँदा उनले पानीले भरिएको खाल्डोमा गाडी लगिन् ।
समाचार अनुसार गुगल म्याप्सले उनलाई बेलापुरको ‘बे ब्रिज’मा चढाउनुको सट्टा पुलमुनिको बाटो देखाएको थियो । उक्त शर्टकट बाटो ध्रुवतारा जेट्टीतर्फ जान्थ्यो, जहाँ सडक सकिएर पानी सुरु हुन्थ्यो । तर म्याप्सको निर्देशनलाई विश्वास गरेर अघि बढेकी उनी दुर्घटनामा परिन् ।
यो घटनाले विशेषगरी भारी वर्षाले सहरको जनजीवन अस्तव्यस्त बनेको समयमा नेभिगेसन एपको विश्वसनीयतामाथि प्रश्न उठाएको छ ।
घटनालगत्तै नजिकै रहेको समुद्री सुरक्षाकर्मी तुरुन्तै उद्धारमा खटिएका थिए । उनीहरूले केही मिनेटभित्रै महिलालाई उद्धार गरे । भाग्यवश, पानीमा तैरिरहेको अवस्थामा भेटिएकी उनलाई कुनै चोटपटक लागेन । पछि क्रेनको मद्दतले उनको सेतो रङको कारलाई बाहिर निकालिएको थियो । सामाजिक सञ्जालमा आएको एक भिडिओमा उद्धारकर्मीहरूले गाडीलाई पोखरीबाट निकालिरहेको देखिन्छ ।
#INDIA: #Mumbai: #GoogleMaps
— CMNS_Media⚔️ #Citizen_Media🏹VEDA 👣 (@1SanatanSatya) July 26, 2025
A big accident happened due to Google Maps. On Friday midnight in Belapur area of Navi Mumbai, a woman's car fell straight into the bay. The woman was driving relying on Google Maps. Fortunately, the marine security police present there showed pic.twitter.com/Oc2ZD11Fqo
#WATCH | Navi Mumbai, Maharashtra: A car following the navigation of Google Maps fell into a ditch in Belapur. pic.twitter.com/JUmxobSIY1
— ANI (@ANI) July 26, 2025
गुगल म्याप्सले प्रयोगकर्तालाई गलत बाटो देखाएर दुर्घटना भएको यो पहिलो पटक होइन । गत वर्ष भारतको उत्तर प्रदेशको बदाउँ जिल्लामा यस्तै घटनामा परेर तीन जनाले ज्यान गुमाएका थिए ।
पछिल्लो अध्यावधिक: साउन ११, २०८२ १४:१०
