close

इन्जिनियरिङ पढ्न चाहनेलाई मनमोहन प्राविधिक विश्वविद्यालयमा ७२ सिटमा भर्ना खुला

टेकपाना टेकपाना

साउन १३, २०८२ ९:२०

इन्जिनियरिङ पढ्न चाहनेलाई मनमोहन प्राविधिक विश्वविद्यालयमा ७२ सिटमा भर्ना खुला

काठमाडौँ । मनमोहन प्राविधिक विश्वविद्यालयले शैक्षिक सत्र २०८२/०८३ का लागि स्नातक तह (बी.ई.) मा नयाँ भर्ना खुलाएको छ । विश्वविद्यालय अन्तर्गतको स्कुल अफ इन्जिनियरिङले सिभिल र इलेक्ट्रिकल इन्जिनियरिङ कार्यक्रममा भर्नाका लागि प्रक्रिया सुरु गरेको हो ।

यसअन्तर्गत सिभिल इन्जिनियरिङतर्फ ४८ सिट र इलेक्ट्रिकल इन्जिनियरिङतर्फ २४ सिटका लागि भर्ना खोलिएको छ । इच्छुक विद्यार्थीले विश्वविद्यालयको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन फाराम भर्न सक्नेछन् । 

नियमिततर्फ आवेदन फाराम भर्ने अन्तिम मिति आगामी १७ भदौसम्म रहेको छ भने विलम्ब शुल्क तिरेर २४ भदौसम्म आवेदन दिन सकिन्छ । विश्वविद्यालयका अनुसार प्रवेश परीक्षा कम्प्युटरमा आधारित हुनेछ ।

आवेदन दिनका लागि विद्यार्थीले मान्यताप्राप्त शिक्षण संस्थाबाट भौतिकशास्त्र, रसायनशास्त्र र गणित विषय लिई प्रवीणता प्रमाणपत्र तह, उच्च माध्यमिक तह (१०+२), ए-लेभल वा इन्जिनियरिङ डिप्लोमा तह वा सो सरहको परीक्षामा न्यूनतम ४५ प्रतिशत वा प्रत्येक विषयको फाइनल ग्रेडमा न्यूनतम 'सी' ग्रेड प्राप्त गरी उत्तीर्ण गरेको हुनुपर्नेछ ।

अन्तिम परीक्षा दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थीहरूले पनि आवेदन दिन सक्नेछन् । तर भर्ना सूची प्रकाशन हुनुअगावै तोकिएको योग्यता पूरा गरेको प्रमाण पेश गर्नुपर्ने विश्वविद्यालयले जनाएको छ ।

हेर्नुहोस् सूचना

 

पछिल्लो अध्यावधिक: साउन १३, २०८२ १०:८