यसै साता नेपाली बजारमा सार्वजनिक हुँदै १५ मिनेटमै ५० प्रतिशत चार्ज हुने दिपलको नयाँ ईभी एस ०५
साउन २७, २०८२ २०:२७
काठमाडौँ । लक्जरी ईभी ब्रान्डको रूपमा चिनिन थालेको दिपलको नयाँ ईभी अबको केही दिनमा नेपाली बजारमा आउने भएको छ । कम्पनीको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले यसै साता लक्जरी, स्टाइल र प्रविधिको संयोजनसहितको नयाँ एसयूभी दिपल एस०५ सार्वजनिक गर्ने तयारी थालेको हो ।
दिपल एस०७ को सफलतापछि एस ०५ ले कम्प्याक्ट सेग्मेन्टमा अझ बढी परिष्कृत एसयूभी ल्याउन लागेको छ । आईएफ डिजाइन अवार्डबाट सम्मानित दिपल एस ०५ लाई बोल्ड एरोडाइनामिक सिलहट, फ्रेमलेस डोर र स्टार फिडरबाट प्रभावित एलईडी टेललाइटले वास्तविक डिजाइन स्टेटमेन्ट बनाउने दाबी कम्पनीले गरेको छ ।
कम्पनीका अनुसार एस ०५ भित्र पस्ने बित्तिकै प्रिमियम र लक्जरीको आभास मिल्छ । यसमा नेपालमै पहिलो पटक जिरो ग्राभिटी कम्फर्ट, भेन्टिलेसन, लेग सपोर्ट, मेमोरी फंसन र वन टच न्याप मोड सहितको क्विन को–पाइलट समेत रहेको छ । यसका दुवै सिट वेलकमिङ छन् भने ठुलो १६० लिटरको फ्रंक, आउटडोर सहित १४ वटा स्पिकर भएको सराउन्ड साउन्ड सिस्टम र रिफाइन्ड इन्टेरियर क्राफ्टम्यानशिप रहेको छ । जसले हरेक यात्रालाई लक्जरियस बनाउने बताइएको छ ।
नयाँ एस ०५ मा सेग्मेन्टमै नभएको रिमोट इन एन्ड आउट पार्किङ फिचर छ । जसले साँगुरो पाकिङ स्पेसमा पनि सहजै पार्क गर्न मद्दत गर्छ । साथै यसमा एड्भान्स ड्राइभर असिस्टेन्ट (एसाड २.०) छ । जसका १९ वटा सेफ्टी फिचरले ड्राइभिङ कन्फिडेन्सलाई बढाउनेछ । साथै यसमा सेग्मेन्टमै पहिलो पटक अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले रहेको छ ।
जसले लाइभ नेभिगेसन, ट्राफिक सिग्नल, स्पिड लगायत ड्राइभरलाई चाहिने सबै सूचना विन्डशिल्डमा प्रोजेक्ट गरेर सुरक्षा र स्मार्ट ड्राइभिङ अनुभव दिलाउँछ । त्यसैगरी नयाँ एस ०५ मा पहिलो पटक संसारको सबैभन्दा ठुलो ब्याट्री निर्माता कम्पनी सीएटीएलको गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.० प्रयोग गरिएको छ । जसको लाइफस्पान ६ लाख किलोमिटर हुन्छ र यो मात्र १५ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज हुनेछ ।
साथै यसमा सुरपेरियर कोल्ड वेदर पर्फर्मेन्स पनि पाउन सकिन्छ । जसले नेपालका सबै भौगोलिक र हावापानीमा पनि उत्कृष्ट प्रदर्शन गर्ने कम्पनीको भनाई छ । नयाँ दिपल एस ०५ ले नेपालको ईभी बजारमा दिपल एस०७ ले कायम गरेको दबदबालाई अझै बलियो बनाउने अपेक्षा एमएडब्लू वृद्धिले गरेको छ ।
पछिल्लो अध्यावधिक: साउन २७, २०८२ २०:२७
