close

डिशहोमका ग्राहकलाई पोखराको लेकसाइड रिट्रिटमा १५ प्रतिशत छुट

टेकपाना टेकपाना

साउन २८, २०८२ १५:७

डिशहोमका ग्राहकलाई पोखराको लेकसाइड रिट्रिटमा १५ प्रतिशत छुट

काठमाडौँ । डिशहोमले आफ्ना ग्राहकका लागि पोखराको द लेकसाइड रिट्रिटमा आवास तथा खानामा विशेष छुट उपलब्ध गराउने भएको छ । आइएमई हस्पिटालिटीले व्यवस्थापन गर्ने उक्त रिट्रिटसँग हालै डिशहोमले यसबारे साझेदारी गरेको हो ।

यस अनुसार डिशहोमका सक्रिय ग्राहकले आवास तथा खाना र पेय पदार्थमा १५ प्रतिशत छुट पाउनेछन् । यो छुट सुविधा लिन ग्राहकले आफ्नो मोबाइलमा रहेको ‘माइ डिशहोम एप’ मार्फत भर्चुअल प्रिभिलेज कार्ड देखाउनुपर्ने छ । 

पोखराको लेकसाइडमा अवस्थित रिट्रिटमा कार्ड प्रस्तुत गरेपछि उक्त छुट तत्काल लागु हुनेछ ।

यो साझेदारी आफ्ना ग्राहकलाई इन्टरनेट र टेलिभिजन सेवामा मात्र सीमित नराखी जीवनशैलीका अन्य फाइदा र विशेष अनुभव प्रदान गर्ने प्रतिबद्धताको हिस्सा भएको डिशहोमको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीका अनुसार ग्राहकले गुगल प्ले स्टोर वा एप्पलको एप स्टोरबाट ‘माई डिशहोम एप’ डाउनलोड गरी आफ्नो ग्राहक आईडी वा दर्ता गरिएको मोबाइल नम्बरबाट लगइन गरेपछि प्रिभिलेज कार्ड प्राप्त गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: साउन २८, २०८२ १५:७