काठमाडौँ । एलजी नेपालले नेपाली बजारमा आफ्नो ४० वर्षको सफल यात्राको उत्सव मनाएको छ । यस अवसरमा कम्पनीले ‘४० वर्षको ड्युरेबिलिटी’ नामक अभियान थालेको छ । नेपाली उपभोक्ताहरूसँगको चार दशक लामो अटुट विश्वास र भावनात्मक सम्बन्धलाई उजागर गर्न यो अभियान सुरु गरिएको कम्पनीले जनाएको छ ।
सन् १९८५ मा नेपालमा प्रवेश गरेसँगै एलजी केवल इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा मात्र नभई नेपाली परिवारहरूको दैनिक जीवनको अभिन्न साथी बन्न पुगेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । “अत्याधुनिक फ्रिज, वाशिङ मसिन, ओएलईडी टिभी, एयर कन्डिसनर र साउन्ड सिस्टमजस्ता टिकाउ तथा नवीनतम प्रविधियुक्त उत्पादनहरू उपलब्ध गराउँदै आएको छ,” विज्ञप्तिमा भनिएको छ ।
‘साथ वर्षौंको, सम्बन्ध विश्वासको’ भन्ने मूल सन्देशसहित एलजीले नेपाली घर-घरमा पुस्तौँदेखि कायम रहेको विश्वास, टिकाउपन र साझा क्षणहरूको महत्त्वलाई पुनः स्मरण गराएको छ ।
आगामी वर्षहरूमा पनि एलजीको दृष्टिकोण स्पष्ट रहेको र उद्देश्यपूर्ण नवप्रवर्तनलाई निरन्तर अघि बढाउँदै हरेक उत्पादनलाई समयको परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने कम्पनीले उल्लेख गरेको छ । कम्पनीका अनुसार, अत्याधुनिक प्रविधि, वातावरणमैत्री समाधान र ग्राहक-केन्द्रित सेवामार्फत एलजी प्रत्येक नेपाली परिवारको जीवनलाई अझ उत्कृष्ट र सहज बनाउन प्रतिबद्ध छ ।
यस अवसरमा एलजीका ब्रान्ड प्रबन्धक मुकेश कुमार बैठाले ग्राहकहरूले देखाएको अटुट विश्वासका कारण नै ४० वर्षको यो यात्रा सम्भव भएको बताएका छन् । उनले भने, “नेपालमा एलजीका उत्पादनहरू २० वर्षभन्दा बढी हाम्रा ग्राहकहरूले प्रयोग गर्दै आइरहनुभएको छ, उहाँहरू हाम्रो घरायसी उत्पादनहरूप्रति सारै विश्वस्त हुनुहुन्छ । हाम्रो वाचा छ- अत्याधुनिक प्रविधि र उत्कृष्ट टिकाउपनसहितका उत्पादनहरू निरन्तर उपलब्ध गराउँदै, प्रत्येक नेपाली घरलाई 'Life's Good' को घर बनाइरहने ।”
पछिल्लो अध्यावधिक: साउन ३१, २०८२ ११:५३
