रिमोटको साटो हातको इशाराले चल्ने सामसङका नयाँ टिभी नेपाली बजारमा, जान्नुहोस् मूल्य र सुविधा
भदौ २, २०८२ १७:५
काठमाडौँ । इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले आफ्नो २०२५ संस्करणको क्यूएलईडी टिभीका नयाँ मोडेलहरू नेपाली बजारमा सार्वजनिक गरेको छ । ‘सामसङ भिजन एआई’ नामक एआई प्रविधियुक्त यी टेलिभिजनले घरमै बसेर मनोरञ्जन लिने अनुभवलाई नयाँ उचाइमा पुर्याउने कम्पनीले दाबी गरेको छ ।
यो प्रविधिले टेलिभिजनको तस्बिर र आवाजको गुणस्तरलाई स्वचालित रूपमा उत्कृष्ट बनाउनुका साथै प्रयोगकर्ताको रुचिअनुसारको अनुभव प्रदान गर्ने बताइएको छ । कम्पनीका अनुसार, सामसङ भिजन एआई प्रविधिले टेलिभिजनलाई प्रयोगकर्ताको वातावरण र रुचि बुझ्ने स्मार्ट डिभाइसमा परिणत गरी सोही अनुकूल आवाजलाई समायोजन गर्छ ।
यसमा रहेको ‘एआई एक्स्पिरिएन्स’ फिचरले समयसँगै प्रयोगकर्ताको रुचि बुझेर सोहीअनुसारका सामग्री र सेटिङहरू रेकमेन्ड (सिफारिस) गर्छ । यसका साथै, मल्टी-डिभाइस कनेक्टिभिटी सुविधाले टिभीलाई टिभीलाई स्मार्टफोन, ट्याब्लेट वा अन्य सामसङ डिभाइससँग सहजै जोड्न तथा एक डिभाइसबाट अर्कोमा फाइल शेयर गर्न सजिलो हुने कम्पनीले जनाएको छ ।
नयाँ टिभी लाइनअपमा प्रयोगकर्ताको अनुभवलाई रोमाञ्चक बनाउन अन्य फिचर पनि दिइएको छ । ‘युनिभर्सल जेस्चर कन्ट्रोल’ मार्फत अब रिमोट बिना नै हातको इशाराले टिभीका विभिन्न काम कन्ट्रोल गर्न सकिन्छ । यसका लागि एआई प्रविधि र ग्यालेक्सी वाचको सहायताले हातका चालहरू पहिचान गरिन्छ । ‘एआई अपस्केलिङ’ सुविधाले कम रेजोलुसन भएको भिडिओलाई समेत फोरके क्वालिटीमा रूपान्तरण गर्न सकिने बताइएको छ ।
त्यस्तै, ‘जेनेरेटिभ वालपेपर’ फिचरले प्रयोगमा नभएको बेला टिभीको स्क्रिनलाई प्रयोगकर्ताको मुड वा परिस्थितिअनुसार फोरके गुणस्तरको कला-क्यानभासमा बदल्न सक्छ । स्मार्टथिंग्स एपमार्फत घरको अवस्था र बिजुली खपतको निगरानी गर्न सकिनेछ भने ‘पेट एन्ड फेमिली केयर’ मोडले घरपालुवा जनावर भुक्दा वा बच्चा रुँदा जस्ता असामान्य गतिविधि पत्ता लगाएर प्रयोगकर्तालाई सचेत गराउने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
सामसङको नयाँ क्यूएलईडी फोरके लाइनअपमा QA85Q7F (८५ इन्च), QA75Q7F (७५ इन्च), QA65Q8F (६५ इन्च), र QA55Q8F (५५ इन्च) मोडेलहरू छन् । यी टिभीहरूमा क्वान्टम डट टेक्नोलोजी, २० वाटको शक्तिशाली स्पिकर र डल्बी एटमस जस्ता प्रविधिहरू छन् । प्रयोगकर्ताको डेटा र गोपनीयताको सुरक्षाका लागि यी टिभीमा सामसङकै नक्स् (Knox) प्रणाली प्रयोग गरिएको छ । कम्पनीले यी टिभीहरूमा सात वर्षसम्म निःशुल्क अपरेटिङ सिस्टम अपग्रेडको सुविधा दिएको छ ।
मूल्य, अफर र उपलब्धता
सामसङका २०२५ क्यूएलईडी टिभीका साथै नयाँ क्रिस्टल यूएचडी, एफएचडी र एचडी टिभीहरू अब नेपालभरका सबै आधिकारिक सामसङ रिटेल स्टोरहरूमा उपलब्ध छन् । कम्पनीले विभिन्न मोडेलका मूल्यहरू निम्नानुसार तोकेको छ:
|
Segment |
Inch |
Model Code |
Price |
|
QLED |
85" |
QA85Q7FAARSHE |
रु ३९९,९९० |
|
75" |
QA75Q7FAARSHE |
रु २८९,९९० |
|
|
65" |
QA65Q8FAARSHE |
रु २५५,९९० |
|
|
55" |
QA55Q8FAARSHE |
रु १८२,९९० |
|
|
UHD |
65" |
UA65U8500FRSHE |
रु १४५,९९० |
|
55" |
UA55U8500FRSHE |
रु ९९,९९० |
|
|
43" |
UA43U8500FRSHE |
रु ७४,९९० |
|
|
FHD |
43" |
UA43F5550FUXXL |
रु ५४,९९० |
|
HD |
32" |
UA32H4570FUXXL |
रु ३८,९९० |
ग्राहकको सुविधाका लागि सामसङ इन्स्टा फाइनान्स सेवामार्फत शून्य प्रतिशत ब्याजदरमा मासिक ९,९२७ रुपैयाँको किस्ताबाट सुरु हुने गरी नयाँ क्यूएलईडी टिभी खरिद गर्न सकिनेछ । यसका लागि नागरिकताको प्रमाणपत्र मात्र आवश्यक पर्नेछ । साथै, ग्राहकले आफ्ना पुराना टिभीहरू अर्कोस्टोर वा नजिकैको सामसङ रिटेल स्टोरमार्फत साटेर नयाँ टिभी खरिद गर्न सक्ने सुविधा पनि उपलब्ध गराइएको छ ।
पछिल्लो अध्यावधिक: भदौ २, २०८२ १७:२१
