close

एससीटी-युनियन पे कार्डबाट अब मोबाइल वालेटमा सिधै रकम लोड गर्न सकिने

टेकपाना टेकपाना

भदौ ३, २०८२ १७:२५

एससीटी-युनियन पे कार्डबाट अब मोबाइल वालेटमा सिधै रकम लोड गर्न सकिने

काठमाडौँ । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले जारी गर्दै आएको एससीटी-युनियन पे कार्डमार्फत अब विभिन्न मोबाइल वालेटहरूमा रकम लोड गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक एससीटीले यो नयाँ सुविधा सञ्चालनमा ल्याएको हो ।

यो व्यवस्थासँगै एससीटी-युनियन पे  कार्ड प्रयोगकर्ताले इसेवा, खल्ती, हाम्रो पे लगायत कार्डबाट वालेट लोड गर्ने सुविधा भएका सबै मोबाइल वालेटमा सजिलै रकम जम्मा गर्न सक्नेछन् ।

नबिल बैंकको इलेक्ट्रोनिक पेमेन्ट गेटवे (ईपीजी) मा आबद्ध भएका सम्पूर्ण वालेट तथा मर्चेन्ट एप्लिकेसनहरूबाट ग्राहकले यो सुविधा लिनसक्ने कम्पनीले जनाएको छ ।

यसअघि पोस मसिनमा मात्र सीमित रहेको कार्डको प्रयोग अब थप विस्तार भएको छ । नयाँ सुविधाले ग्राहकलाई डिजिटल वालेटमार्फत भुक्तानी गर्न, ईकमर्स साइटमा सामान खरिद गर्न तथा हवाई टिकट काट्न पहिलेभन्दा अझ सहज हुने विश्वास कम्पनीले लिएको छ ।

हाल २३ ओटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरूले एससीटी-युनियन पे कार्ड जारी गर्दै आएका छन् । इच्छुक नयाँ ग्राहकले यी सदस्य बैंक तथा वित्तीय संस्थाहरूबाट सजिलै कार्ड प्राप्त गर्न सक्ने एससीटीले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: भदौ ३, २०८२ १७:२५