काठमाडौँ । चेरी अटोमोबाइल कम्पनी लिमिटेडको सब-ब्रान्ड ‘ओमोडा एन्ड जेइको’ का लागि नेपालमा आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले ग्राहकका लागि चाडपर्व अफर सार्वजनिक गरेको छ । ‘गाडी पनि, गिफ्ट पनि’ नाराका साथ ल्याइएको यो अफरअन्तर्गत ग्राहकले गाडी खरिदमा १० लाखसम्मको सुविधा प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले आफ्नो ‘ओमोडा ई५’ मोडेलमा विशेष छुट दिएको छ । यसको सुरुवाती बजार मूल्य ६१ लाख ९९ हजार रुपैयाँ भए पनि अफर अवधिभर ग्राहकले ५४ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन् । १८४ एमएम ग्राउन्ड क्लियरेन्स र एक पटकको फुल चार्जमा ४३० किलोमिटर रेन्ज दिने यो गाडीमा ग्राहकले सोझै ७ लाख रुपैयाँ नगद छुट पाउनेछन् ।
त्यस्तै, ‘जेइको जे५’ मा पनि छुट उपलब्ध छ । ६० लाख ९९ हजार रुपैयाँ मूल्यको यो गाडी अफरमा ५६ लाख ९९ हजार रुपैयाँमा किन्न सकिनेछ । १८४ एमएम ग्राउन्ड क्लियरेन्स, ४६१ किलोमिटर रेन्ज, पानोरमिक मुनरूफ र ४८० लिटरको बुटस्पेस जस्ता विशेषताहरू यसमा छन् ।
कम्पनीको अर्को मोडल ‘जेइको जे६’ को खरिदमा पनि छुटको व्यवस्था गरिएको छ । यसको वास्तविक मूल्य ६९ लाख ९९ हजार रुपैयाँ रहेकामा अफरमा ६५ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराइएको छ । २०० एमएम ग्राउन्ड क्लियरेन्स, ४०० किलोमिटर रेन्ज र ६५.६९ किलोवाट आवरको ब्याट्री क्षमता यस गाडीका मुख्य विशेषता हुन् ।
नगद छुटका अतिरिक्त ‘ओमोडा ई५’ र ‘जेइको जे५’ को खरिदमा ग्राहकले एक्सचेन्ज बोनस, एक वर्षको अटो प्लस इन्स्योरेन्स, ७ किलोवाटको चार्जर र १८ इन्चको एलोय स्पेयर टायर निःशुल्क पाउनेछन् । त्यसैगरी, ‘जेइको जे६’ को खरिदमा एक्सचेन्ज बोनस, एक वर्षको अटो प्लस इन्स्योरेन्स र ७ किलोवाटको चार्जर उपहार स्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: भदौ ६, २०८२ २१:१६
