साइबर अपराध अनुसन्धानका लागि अरनिको पाँडे ४ दिनसम्म प्रहरीमा हिरासतमा रहने
भदौ १२, २०८२ १५:२९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वकेन्द्रीय सदस्य एवम् राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई साइबर अपराधसम्बन्धी अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौँले चार दिनको म्याद दिएको छ ।
बिहीबार अदालतमा हाजिर गराइएका पाँडेलाई अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति पाएको साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिपराज अवस्थीले जानकारी दिए ।
एक महिलाले ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत आफूलाई अपशब्द प्रयोग गरी चरित्रहत्या गरेको भन्दै जाहेरी दिएपछि प्रहरीले पाँडेलाई नियन्त्रणमा लिएको थियो । उनी बुधबार अपराह्न ४ बजेतिर आफैं साइबर ब्युरोमा उपस्थित भएका थिए ।
वातावरणविद्को परिचय बनाएका पाँडे ०७९ सालमा रास्वपा प्रवेश गरेका थिए भने ०८० सालमा राष्ट्रिय योजना आयोगको सदस्य बनेका थिए ।
पछिल्लो अध्यावधिक: भदौ १२, २०८२ १५:५९
