close

कुलप्याडका चार स्मार्टफोन एकैसाथ नेपाली बजारमा, मूल्य साढे १० हजारदेखि २४ हजारसम्म

टेकपाना टेकपाना

भदौ १३, २०८२ १८:५१

कुलप्याडका चार स्मार्टफोन एकैसाथ नेपाली बजारमा, मूल्य साढे १० हजारदेखि २४ हजारसम्म

काठमाडौँ । बिजी ग्रुपले स्मार्टफोन ब्रान्ड ‘कुलप्याड’ औपचारिक रूपमा नेपाल भित्र्याएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा यस ब्रान्डका चार मोडेलहरू सार्वजनिक गरिएको हो । 

बिजी ग्रुपका प्रमुख कार्यकारी अधिकृत समर्पण मिश्रले नेपाली उपभोक्ताका लागि विश्वस्तरीय उत्पादन र सेवा ल्याउने प्रतिबद्धताअनुसार नयाँ मोडेल सार्वजनिक गरिएको बताए । 

  • Coolpad X100: यसमा १०८ मेगापिक्सेलको एआई ट्रिपल क्यामेरा, १२० हर्ज अल्ट्रा स्मूथ डिस्प्ले र हेलिओ जी९९ गेमिङ प्रोसेसर छ ।

  • Coolpad C16: यो फोनमा ५००० एमएएच क्षमताको ब्याट्री छ । ९० हर्ज डिस्प्ले र ५० मेगापिक्सेल एआई ट्रिपल क्यामेरा छन् ।

  • Coolpad C15: यो फोन बलियो बनावट र आकर्षक शैलीसहित सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

  • Coolpad CP12 Neo: यो मोडेल १२० हर्ज डिस्प्लेसहित ५००० एमएएच क्षमताको ब्याट्रीसहित उपलब्ध छ । 

कम्पनीले यी मोडेलहरूको मूल्य साढे १० हजारदेखि २४ हजार रूपैयाँसम्म तोकेको छ । कम्पनीका अनुसार कुलप्याडका यी फोन देशभरका प्रमुख मोबाइल स्टोरहरूमा उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: भदौ १३, २०८२ १९:९