काठमाडौँ । नेपालका लागि जिकर ईभीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले चाडपर्व लक्षित ‘जिकर फेस्टिभ थ्रिल’ अभियान सार्वजनिक गरेको छ । यो अभियान अन्तर्गत ग्राहकले ८४ लाख ९९ हजार रुपैयाँ मूल्यको जिकर एक्स गाडी ६९ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन् ।
यस अफरसँगै ग्राहकले आठ वर्ष वा १,६०,००० किलोमिटरको वारेन्टी, एक वर्षको अटो प्लस इन्स्योरेन्स, एक वर्षको सडक कर र सात किलोवाटको वाल चार्जर लगायतका थप सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
जिकर एक्समा २०० किलोवाट मोटर पावर, लेभल २ एडीएएस प्रणाली, १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, सात ओटा एयरब्याग छन् ।
गाडीले Euro NCAP, China NCAP र Global NCAP मा फाइभ स्टार सेफ्टी रेटिङ पाएको छ । यस चाडपर्वको अवसरमा जिकर एक्सलाई सजिलो वित्तीय सुविधा र विशेष छुटसहित उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
पायोनियर मोटोकर्पले सबै ग्राहकलाई नजिकैको जिकर शोरुम भ्रमण गरी यस अफरको लाभ लिन आग्रह गरेको छ ।
पछिल्लो अध्यावधिक: भदौ १३, २०८२ १९:३७
