सामसङ टिभी, फ्रिज, वाशिङ मसिन लगायतका होम अप्लायन्स खरिदमा ३५% प्रतिशतसम्म छुट
भदौ १६, २०८२ १५:२
काठमाडौँ । दशैंको अवसरमा सामसङ नेपालले नयाँ अफर ल्याएको छ । कम्पनीले टिभी र होम अप्लायन्समा आकर्षक मूल्यसहितको 'दशैँको मुड, सबै गुड' नामक अफर सार्वजनिक गरेको हो ।
यो सीमित अवधिको अफर २५ भदौदेखि २४ असोज २०८२ (१० सेप्टेम्बरदेखि १०–अक्टोबर, २०२५) सम्म लागु हुनेछ । अफरअन्तर्गत ग्राहकले इन्स्ट्यान्ट क्याशब्याकका साथै विभिन्न उपहार पाउनेछन् । साथै नेपालका अधिकृत खुद्रा साझेदारमार्फत सजिलो अपग्रेड/एक्सचेन्ज सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
दशैँ अफरको रूपमा सामसङका नियो क्यूएलईडी, क्यूएलईडी, फुलएचडी र एचडी टिभीहरूमा ३५ प्रतिशतसम्म इन्स्ट्यान्ट क्यासब्याक पाउन सकिने कम्पनीले जनाएको छ । निश्चित ७५ इन्च र ८५ इन्च क्यूएलईडी मोडलमा साउन्डबार समेत दिइने उल्लेख छ । टी, ए, बी, सी, डी र एफ सिरिजका निश्चित टिभीमा तीन वर्षको फुल वारन्टी पाउन सकिनेछ । साथै प्रोफेसनल इन्स्टलेसन पनि निःशुल्क उपलब्ध गराइनेछ ।
कम्पनीका अनुसार सामसङका सिङ्गल–डोर, डबल–डोर र साइड–बाइ–साइड रेफ्रिजेरेटरमा १९% सम्म इन्स्ट्यान्ट क्याशब्याक पाउन सकिनेछ । छानिएका ७०० लिटर साइड–बाइ–साइड मोडेल किन्दा माइक्रोवेभ ओभनको उपहार पाइनेछ ।
सामसङका टप–लोड र फ्रन्ट–लोड वाशिङ मसिनमा २४ प्रतिशतसम्म इन्स्ट्यान्ट क्याशब्याक उपलब्ध छ । खरिदसँगै विशेष डिटरजेन्ट उपहार पनि पाइने बताइएको छ । निश्चित टप–लोड (७ केजीभन्दा माथि) वा ९ केजी फ्रन्ट–लोड किन्दा सर्फ एक्सेल म्याटिक १ केजी र ८ केजीभन्दा माथिका फ्रन्ट–लोड मोडेलमा सर्फ एक्सेल म्याटिक ६ केजी पाइनेछ । रेफ्रिजेरेटर र वाशिङ मसिनमा डीआईटीमा २० वर्षको वारन्टी पाउन सकिन्छ भने सबै मोडेलमा निःशुल्क इन्स्टलेसनको सुविधा उपलब्ध छ ।
अफर र उपहारहरू
|
उत्पादन |
क्याशब्याक (सम्म) |
उपहार |
|
टिभी |
३५% |
निश्चित ७५”/८५” QLED मा साउन्डबार |
|
रेफ्रिजेरेटर |
१९% |
७०० लिटर साइड–बाइ–साइडमा माइक्रोवेभ ओभन |
|
वाशिङ मसिन |
२४% |
सर्फ एक्सेल म्याटिक १ केजी (७ केजीभन्दा माथि टप–लोड / ९ केजी फ्रन्ट–लोड वाशिङ मसिन) सर्फ एक्सेल म्याटिक ६ केजी (८ केजीभन्दा माथि फ्रन्ट–लोड वाशिङ मसिन) |
यसका साथै हुलास फिन्सर्व हायर पर्चेस लिमिटेडमार्फत सामसङ इन्स्टा फाइनान्स मार्फत ०% ब्याजदरमा ईएमआई किस्ताबन्दीमा सामसङ टिभी वा होम अप्लायन्स किन्न सकिनेछ । जसका लागि नागरिकताको कागजात पर्याप्त हुनेछ । पुराना अप्लायन्स अर्कोस्टोर वा नजिकको आधिकारिक सामसङ स्टोर मार्फत आफ्ना पुराना समानहरू साटेर थप मूल्य फाइदा लिन सकिन्छ ।
पछिल्लो अध्यावधिक: भदौ १६, २०८२ १५:२
