close

सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा नेपाली ह्याकर, भन्छन्ः हाम्रो लोकतन्त्र ह्याक भयो

टेकपाना टेकपाना

भदौ २०, २०८२ २२:२

सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा नेपाली ह्याकर, भन्छन्ः हाम्रो लोकतन्त्र ह्याक भयो

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणमा नआउने सम्पूर्ण सामाजिक सञ्जाल निष्क्रिय गर्ने सरकारको निर्णयप्रति पेनटेस्टर नेपालले साङ्केतिक विरोध जनाएको छ । नेपाली इथिकल ह्याकर, साइबर सुरक्षा विज्ञ तथा यसमा रुचि राख्नेहरूको कम्युनिटीले बिहीबार फेसबुकमा पोस्ट गर्दै विरोध जनाएको हो ।

पेनटेस्टर नेपालले पछाडि दुई सेतो मास्क र अगाडि कालो मास्क लगाएका साइबर सुरक्षा अनुसन्धानकर्ताले पम्प्लेट बोकेको तस्बिर राखेको छ । पम्प्लेटमा “Our Democracy Has Been Hacked” (हाम्रो लोकतन्त्र ह्याक भएको छ) लेखिएको छ ।

वास्तवमा यो तस्बिर १९ कात्तिक २०७९ को हो । पेनटेस्टर नेपालले मनाएको ‘मिलियन मास्क मार्च’ को उक्त तस्बिर अहिले सरकारको निर्णयको विरोध गर्नका लागि प्रयोग गरिएको हो । राजनीतिमा भएको भ्रष्टाचार, न्यायिक पद्धतिमा ढिलाइ, सुस्त सरकारी गतिविधि, साइबर सुरक्षामा बेवास्ताजस्ता विषयको विरोधमा ह्याकरको समूहले प्रदर्शन गरेको थियो ।

पछिल्लो अध्यावधिक: भदौ २०, २०८२ २२:१०