close

जेन-जीको देशव्यापी प्रदर्शन जारी, केही नेटवर्कमा भीपीएन बिनै चल्न थाल्यो फेसबुक

टेकपाना टेकपाना

भदौ २३, २०८२ १५:५०

जेन-जीको देशव्यापी प्रदर्शन जारी, केही नेटवर्कमा भीपीएन बिनै चल्न थाल्यो फेसबुक

काठमाडौँ । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउनदेखि भ्रष्टाचार अन्त्यको माग गर्दै जेन-जी पुस्ताले गरिरहेको विरोध प्रदर्शनले हिंसात्मक रूप लिँदै गएको छ ।

यसबिचमा केही इन्टरनेट सेवा प्रदायकहरूको नेटवर्कबाट भने भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) को प्रयोगबिना नै फेसबुक, मेसेन्जर लगायतका सामाजिक सञ्जालहरू चल्न थालेका छन् । यद्यपि सरकारले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाएको बारेमा कुनै आधिकारिक सूचना जारी गरेको छैन ।

राजधानीलगायत देशका प्रमुख सहरहरूमा जेन-जी युवाहरूले सडकमा उत्रिएर विरोध प्रदर्शन गरिरहेका छन् । यसबिचमा कम्तीमा चार जनाको मृत्यु तथा सयाैँ जना घाइते भएको विवरण प्राप्त भएको छ । गाडी जलाउने र सार्वजनिक सम्पत्तिमा आगजनी गर्ने जस्ता हिंसात्मक गतिविधिहरू पनि बढेका छन् ।

सरकारले सूचीकरणमा नआएको भन्दै १९ भदाैदेखि २६ ओटा प्लेटफर्म नेपालमा बन्द गराएको थियो । यस प्रतिबन्धको विरोधमा युवा पुस्ताले चर्को आवाज उठाउँदै आएका छन् । उनीहरूले यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको हननका रूपमा लिएका छन् ।

 

पछिल्लो अध्यावधिक: भदौ २३, २०८२ १६:२१