काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूको मृत्यु भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ एवम् सांसद सुमना श्रेष्ठले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गर्दै नैतिकताको आधारमा राजीनामा माग गरेकी छिन् । उनले ‘नेपाली मारेर शासन गर्ने’ र ‘बच्चा मारेर शासन गर्ने’ भन्दै सरकारलाई धिक्कार भनेकी छिन् ।
उनले फेसबुकमार्फत प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै अङ्ग्रेजीमा लेखेकी छिन्, ‘You have lost your legitimacy Prime Minister. You must resign!’ अर्थात्, ‘तपाईंले आफ्नो वैधानिकता गुमाइसक्नुभयो प्रधानमन्त्रीज्यू । तपाईंले राजीनामा दिनुपर्छ ।’
पछिल्लो अध्यावधिक: भदौ २३, २०८२ १७:२३
