जेन जीमाथि गोली चलाउन आदेश दिने काठमाडौँका सीडीओको फोटो वेबसाइटबाट गायब, फेसबुक डिएक्टिभेट
भदौ २३, २०८२ १७:४२
काठमाडौँ । युवा पुस्ताको आन्दोलनमा गोली चलाउन आदेश दिने प्रमुख जिल्ला अधिकारी छवि रिजालको तस्वीर जिल्ला प्रशासन कार्यालय काठमाडौँको आधिकारिक वेबसाइटबाट हटाइएको छ । मुख्य वेबसाइटबाट तस्बिर हटाइए पनि इन्डेक्सिङका कारण गुगलमा भने अझै देखिन सकिन्छ ।
रिजालले आफ्नो फेसबुक अकाउन्ट पनि डिएक्टिभेट गरेका छन् ।
सोमबार सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचार नियन्त्रणको माग गर्दै जेन जी पुस्ताको आन्दोलनमा व्यापक दमन गरेर दर्जनौं युवाको गोली लागेर मृत्यु भएको परिप्रेक्ष्यमा प्रमुख जिल्ला अधिकारी रिजालको फोटो वेबसाइटबाट हटाइएको पाइएको हो । जबकि काठमाडौँमा आन्दोलन चर्किनुअघिसम्म रिजालको फोटो वेबसाइटमा स्पष्ट देख्न सकिन्थ्यो ।
पछिल्लो अध्यावधिक: भदौ २३, २०८२ १७:४२
