राजधानीका अस्पतालमा रगत अभाव, सामाजिक सञ्जाल प्रयोगकर्ताले भने- यस्तो बेला सहयोग गरौं
भदौ २३, २०८२ १७:४९
काठमाडौँ । सोमबार राजधानीमा भएको जेनजीको सरकार विरोधी प्रदर्शनका क्रममा सयौँ व्यक्तिहरू घाइते भएपछि सामाजिक सञ्जालमा रगत अभाव भएको भन्दै पोस्टहरू राख्न थालिएको छ ।
विशेषगरी घाइतेहरू रहेको सिभिल अस्पताल, ट्रमा अस्पताल र एभरेष्ट अस्पताल रहेको क्षेत्रमा रगत अभाव भएको भन्दै पोस्टहरू राखिएका हुन् ।
विभिन्न समूहको रगत अभाव हुनसक्ने भन्दै रक्तदाताहरूलाई अस्पताल आसपास रहन समेत अनुरोध गरेका छन् ।
पछिल्लो अध्यावधिक: भदौ २३, २०८२ १७:५३
