काठमाडौँ । सोमबार भएक जेन-जी आन्दोलनमा प्रहरीले गरेको दमनका क्रममा १७ जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले विभिन्न अस्पतालबाट प्राप्त जानकारीअनुसार १७ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।
“प्रदर्शनका क्रममा विभिन्न अस्पतालमा १७ जनाको मृत्यु भएको पुष्टि भएको छ,” खनालले टेकपानालाई बताए ।
त्यस्तै, प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट ७५ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । प्रवक्ता खनालका अनुसार हालसम्म पक्राउ परेकामध्ये अधिकांशलाई विभिन्न प्रहरी वृत्तमा राखिएको छ ।
उनले अझै पनि नयाँ बानेश्वर आसपासका क्षेत्रमा स–साना समूहमा प्रदर्शन भइरहेको र स्थिति नियन्त्रणमा ल्याउन प्रहरीले प्रयासरत रहेको जानकारी दिए ।
पछिल्लो अध्यावधिक: भदौ २३, २०८२ १९:५६
