close

शेयर कारोबार बुधबार र बिहीबार बन्द, अवस्था सामान्य बने आइतबारमात्र खुल्ने

टेकपाना टेकपाना

भदौ २५, २०८२ १४:३१

शेयर कारोबार बुधबार र बिहीबार बन्द, अवस्था सामान्य बने आइतबारमात्र खुल्ने

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले बुधबार र बिहीबार सम्पूर्ण शेयर कारोबार स्थगित गर्ने भएको छ । नेप्सेले बुधबार जारी गरेको सूचनामा हालको विषम परिस्थितिका साथै कारोबार सदस्य तथा लगानीकर्ताहरूको आग्रहअनुसार दुई दिनका लागि कारोबार बन्द गर्ने निर्णय गरिएको उल्लेख छ ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जारी गरेको सूचनामा सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) बमोजिम भदौ २५ र २६ गते दुई दिन सम्पूर्ण धितोपत्र कारोबार स्थगित गरिने उल्लेख छ ।

भदौ २७ गते शुक्रबार सार्वजनिक बिदा र २८ गते शनिबार परेकाले अवस्था सामान्य बने धितोपत्र कारोबार भदौ २९ गते आइतबारदेखि मात्रै पुनः सञ्चालन हुने देखिन्छ ।

पछिल्लो अध्यावधिक: भदौ २५, २०८२ १५:२३