close

निःशुल्क सेवा दिँदै गर्दा एसएमएस लिकको हल्ला, टेलिकम कम्पनी भन्छन्- ‘झुटो कुरा नफैलाऊँ’

टेकपाना टेकपाना

भदौ २६, २०८२ १५:४९

निःशुल्क सेवा दिँदै गर्दा एसएमएस लिकको हल्ला, टेलिकम कम्पनी भन्छन्- ‘झुटो कुरा नफैलाऊँ’

काठमाडौँ । सामाजिक सञ्जालमा टेलिकम कम्पनीहरूको एसएमएस फाइल लिक भएको भन्ने दाबी पूर्णतया गलत भएको नेपाल टेलिकम र एनसेलले बताएका छन् । नि:शुल्क डेटा/भ्वाइस प्याक लिँदा नोटिफिकेसन नआउने र कतिपय एसएमएस फाइलहरू लिक भएको भन्दै अहिले हल्ला फैलिरहेको छ ।

टिकटकसहितका सामाजिक सञ्जालबाट यस्ता भ्रम फैलिएको भन्दै सचेत रहन टेलिकम कम्पनीहरूले आग्रह गरेका छन् ।

“यो एकदम झुटो कुरा हो । यस्तो विषम परिस्थितिमा यस्ता गलत सूचना फैलाउनु अपराध हो । प्रमाणबिनाका झुटा कुरा नफैलाउन अनुरोध गर्छौँ,” टेलिकम र एनसेलका अधिकारीहरूले भने टेकपानासँग भने ।

यी दुवै कम्पनीले देशको वर्तमान अवस्थालाई मध्यनजर गर्दै नेपालभित्र गरिने फोन कल र डेटा सेवा नि:शुल्क उपलब्ध गराइरहेका छन् ।

पछिल्लो अध्यावधिक: भदौ २६, २०८२ १६:१८