close

जङ्गी अड्डामा राष्ट्रपति र सुशीला कार्कीबिच भेटवार्ता

टेकपाना टेकपाना

भदौ २६, २०८२ ०:८

जङ्गी अड्डामा राष्ट्रपति र सुशीला कार्कीबिच भेटवार्ता

काठमाडौँ । जेन-जीले भावी अन्तरिम सरकारका लागि प्रस्ताव गरेका प्रतिनिधि सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबिच जङ्गी अड्डामा भेटवार्ता भएको छ । जेन-जी आन्दोलनकारीहरूले खुला चेतावनी दिएसँगै बिहीबार मध्यराति दुवै पक्षबिच वार्ता भएको हो ।

भेटवार्ताका क्रममा कार्कीले जेन जीले उठाएका सबै मागहरू प्रस्तुत गरेकी छिन् । जसमा कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन, संसद् विघटन, प्रदर्शनका क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा तथा क्षतिपूर्ति, घाइतेको उपचार, ३० वर्षयताका भ्रष्टाचार छानबिनका लागि आयोग गठन आदि रहेका छन् ।

कार्कीले जेन-जीका माग पेस गरेपछि राष्ट्रपतिले दलका नेताहरूसँग छलफल गर्न समय मागेका छन् । दलका नेताहरू समेत जङ्गी अड्डामै रहेकाले अहिले नै छलफल हुने र त्यसपश्चात् पुनः कार्की र राष्ट्रपतिबिच वार्ता हुने बताइएको छ । सम्भवतः आज राति नै अन्तरिम सरकार गठन बारे निकास निस्किने अपेक्षा गरिएको छ ।

 

पछिल्लो अध्यावधिक: भदौ २६, २०८२ ०:११