देशमा सकारात्मक परिवर्तनसहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पूरा होस्: गोल्छा
भदौ २७, २०८२ १२:४६
काठमाडौँ । उद्योगी शेखर गोल्छाले देशमा सकारात्मक परिवर्तनसहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पूरा होस् भन्ने कामना गरेका छन् ।
२३ र २४ भदौमा भएको जेन-जी पुस्ताको आन्दोलनका क्रममा गोल्छाको निवासमा पनि तोडफोड, लुटपाट र आगजनी भएको थियो । सोही घटनालाई लिएर शुक्रबार फेसबुकमा लेख्दै गोल्छाले केही व्यवसायीमाथि भएको विभत्स आक्रमणबाट आफ्नो परिवार पनि प्रभावित भएको, तर त्यसबाट आफू र आफ्नो परिवार निरास वा विचलित नभएको बताएका छन् ।
“आजको सुनौलो बिहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझै सुदृढ होस् भन्ने कामनासहित हामी पनि अझै सशक्तरूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहन्छु,” गोल्छाले फेसबुकमा लेखेका छन् ।
उनले अन्धकार पछिको उज्यालोले सबै नेपालीलाई सद्भाव र एकता कायम गर्न अझै बल मिलोस् भन्ने कामना गरेका छन् ।
पछिल्लो अध्यावधिक: भदौ २७, २०८२ १२:४६
