close

आगजनी-लुटपाटमा संलग्नलाई खोज्दै प्रहरी, फोटो/भिडिओ भए पठाउन आग्रह

टेकपाना टेकपाना

भदौ २७, २०८२ १६:२४

आगजनी-लुटपाटमा संलग्नलाई खोज्दै प्रहरी, फोटो/भिडिओ भए पठाउन आग्रह

काठमाडौँ । नेपाल प्रहरीले २३ र २४ भदौमा काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा भएका आगजनी, लुटपाट तथा अन्य अप्रिय घटनाका सबुत प्रमाण संकलन गर्न आमनागरिकसँग सहयोगको अपिल गरेको छ ।

प्रदर्शनका क्रममा भएका उच्छृङ्खल घटनाहरूमा संलग्नलाई कारबाहीका लागि प्रहरीले सर्वसाधारणमा सबुद प्रमाण उपलब्ध गराउन आग्रह गरेको हो ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै प्रदर्शनका क्रममा भएका अप्रिय घटना, आगजनी, लुटपाट र सर्वसाधारणमा त्रास सिर्जना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्बिर, भिडिओ तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू भए [email protected] मा पठाएर सहयोग गर्न अनुरोध गरेको छ । सूचनामा जानकारी दिने व्यक्तिको गोपनीयता पूर्ण रूपमा कायम राखिने स्पष्ट पारिएको छ ।

जेनजी पुस्ताले गरेको आन्दोलन एक्कासि हिंसात्मक बन्दा देशभर थुप्रै सार्वजनिक तथा निजी भौतिक संरचनामा क्षति भएको थियो । साथै सुरक्षा निकायकै कार्यालयमा समेत आगलागी र तोडफोड गरी हतियार र सरसामन लुटपाट गरिएको थियो । अहिले त्यस्ता फोटो भिडिओ सामाजिक सञ्जालमा शेयर भइरहेका छन् ।

पछिल्लो अध्यावधिक: भदौ २७, २०८२ १६:३२