close

यातायात विभागबाट कम्प्युटर, ल्यापटप, प्रिन्टरदेखि स्मार्ट टिभी लुटियो, फिर्ता गर्न अपिल

टेकपाना टेकपाना

भदौ २९, २०८२ १५:५६

यातायात विभागबाट कम्प्युटर, ल्यापटप, प्रिन्टरदेखि स्मार्ट टिभी लुटियो, फिर्ता गर्न अपिल

काठमाडौँ । २३ र २४ भदौको प्रदर्शनका क्रममा यातायात व्यवस्था विभागबाट लुटपाट गरिएका सामग्री फिर्ता गर्न अपिल गरेको छ । 

विभागबाट सवारीसाधन, कम्प्युटर, प्रिन्टर, ल्यापटप, स्मार्ट टिभी, छपाइ मसिन, छपाइ भएका सवारीचालक अनुमतिपत्र (स्मार्ट कार्ड), सर्भरमा प्रयोग हुने हार्ड डिस्कलगायतका सामान चोरी भएको छ ।  

विभागले ‘जि.खा.पा.नं.’ उल्लेख गरिएका सामान देखेमा, भेटेमा वा कुनै माध्यमबाट आफ्नो साथमा रहेको भए फिर्ता गर्न आग्रह गरेको छ । 

ती सामान विभागका कम्प्युटर इन्जिनियर भानुभक्त जोशी, नायब सुब्बा धन बहादुर घर्ती वा नजिकको सुरक्षा निकायमा जानकारी दिन विभागले जनाएको छ । 

पछिल्लो अध्यावधिक: भदौ २९, २०८२ १६:१