close

आईफोनमा आयो आईओएस २६ अपडेट: लिक्विड ग्लास, एप्पल गेम्स र एआई ट्रान्सलेसन मुख्य आकर्षण

टेकपाना टेकपाना

भदौ ३१, २०८२ १४:५८

आईफोनमा आयो आईओएस २६ अपडेट: लिक्विड ग्लास, एप्पल गेम्स र एआई ट्रान्सलेसन मुख्य आकर्षण

काठमाडौँ । एप्पलले आईओएस २६ अपडेट ल्याएको छ । कुल १३.२२ जीबीको अपडेट सोमबार सार्वजनिक गरिएको हो । यस अपडेटमा मुख्यगरी सात फिचर समावेश छन्: 

१. लिक्‍विड ग्लास 

एप्पलले लिक्‍विड ग्लास युजर इन्टरफेस (यूआई) को भिजुअल इलिमेन्टहरूलाई फरक बनाएको छ । यो नयाँ डिजाइन एप आइकन, कन्ट्रोल टगल्स, नेभिगेसन बार र विजेट्समा स्पष्ट देख्न सकिन्छ । प्रयोगकर्ताले थप कस्टमाइजेसन गर्न सक्छन् ।

२. एप्पल गेम्स

गेमरहरूका लागि एप्पलले गेमिङ एपको रुपमा एप्पल गेम्स ल्याएको छ । यी गेमहरू एप्पल एकाउन्टसँग जोडिने छन् । खेलिरहेका गेमहरूको लाइभ इभेन्ट र अपडेटसमेत पाउन सकिनेछ । 

३. फोटो एप

गत वर्ष आएको आईओएस १८ मा एप्पलले रिभ्याम्प्ड फोटो एप ल्याएको थियो । जसको प्रयोग गरेर स्टोर गरिएका फोटो र भिडिओको कम्प्रिहेन्सिभ भ्यु देख्न पाइन्थ्यो । तर, यसले प्रयोगकर्तालाई हैरानी दिएको भन्दै आईओएस २६ मा त्यसलाई सुधार गरिएको छ । अब लाइब्रेरी र कलेक्सन सजिलै स्विच गर्न सकिने एप्पलले जनाएको छ । प्रयोगकर्ताहरूले पिन गर्न र तीन विभिन्न डिस्प्ले आकारमा फोटो एप प्रयोग गर्न सक्छन् । 

४. नयाँ क्यामेरा एप

आईओएस २६ मार्फत एप्पलले फोटो र भिडिओ मोडमा साधारण डिजाइनसहितको अनुभव ल्याएको छ । क्यामेरा कन्ट्रोललाई इन्टिग्रेट गरिएको छ । जसका कारण प्रयोगकर्ताले एस्पेक्ट रेसिओ, नाइट मोड, फ्ल्यास स्वीचसहितका फिचर सहज रूपमा प्रयोग गर्न सक्छन् ।

५. कल स्क्रिन र होल्ड असिस्ट

एप्पलले गुगलबाट प्रभावित भएर कल स्क्रिनिङ फिचर आईफोनमा ल्याएको छ । लाइभ भ्वाइसमेलबाट फोन गर्ने व्यक्तिको जानकारी लिन सकिन्छ । त्यसपछि फोन उठाउने कि नउठाउने निधो प्रयोगकर्ताले गर्न सक्छन् ।

६. फोन एप

एप्पलले फोन एप पनि नयाँ अपडेटबाट ल्याएको छ । अब फेभरेट्स, रिसेन्ट्स र भ्वाइसमेललाई नयाँ 'कल्स' ट्याबमा लेआउट तयार गरिएको छ । प्रयोगकर्तालाई छनोटको अधिकार दिइएको छ । अहिलेकै जस्तो क्लासिक भ्यु जुनसुकै बेला फर्काउन सकिन्छ ।

७. लाइभ ट्रान्सलेसन र अन्य एप्पल इन्टेलिजेन्स सम्बन्धी परिवर्तन

एप्पलले आफ्नो इन्टेलिजेन्समा लाइभ ट्रान्सलेसनको एआई फिचर थप गरेको छ । अब यो सुविधा फेसटाइम, मेसेज र फोन एपमा प्रयोग गर्न सकिन्छ । अंग्रेजी, फ्रेन्च, जर्मन, इटालियन, स्पेनिस, चाइनिज सहितका अरू भाषामा लाइभ ट्रान्सलेसन गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: भदौ ३१, २०८२ १५:१७