एआई सिर्जित तस्बिर
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको टोल फ्रि नम्बरमा प्राविधिक समस्या देखिएको छ । टोल फ्रि नम्बर ११५५ (१) मा प्राविधिक समस्या देखिएपछि महाशाखाले वैकल्पिक रूपमा अस्थायी फोन नम्बरबाट मौसमसम्बन्धी जानकारी दिन थालेको छ ।
महाशाखाका अनुसार प्राविधिक समस्या समाधान हुन केही समय लाग्ने भएकाले समस्या समाधान नहुन्जेल मौसम सम्बन्धी जानकारी आवश्यक पर्नेले अस्थायी रूपमा ९८४७३४५४७६ फोन नम्बरमा सम्पर्क गर्न सक्ने छन् ।
पछिल्लो अध्यावधिक: असोज ३, २०८२ १३:३५
