चार मन्त्रीले लिए शपथ, सञ्चारमन्त्री जगदीश खरेल बन्दा विज्ञान तथा प्रविधिमा महावीर पुन
असोज ६, २०८२ १५:२२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका चारजना मन्त्रीहरूले शपथ लिएका छन् ।
कार्की नेतृत्वको अन्तरिम सरकारमा नियुक्त भएका नयाँ मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
राष्ट्रपति पौडेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा जगदीश खरेल, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग वाणिज्य तथा आपूर्ति, कानून न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा अनिल सिन्हा र कृषि तथा पशुपन्छी विकास मन्त्रीमा मदन परियारलाई शपथ खुवाएका हुन् ।
खरेल इमेज टेलिभिजनमा कार्यरत पत्रकार हुन् । पुन राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष हुन् । सिन्हा भने सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन् । परियार समता फाउन्डेसनका अध्यक्ष हुन् ।
पछिल्लो अध्यावधिक: असोज ६, २०८२ १५:२९
