दशैं-तिहारमा मोबाइल वालेटमा रकम जम्मा गर्ने सीमा बढ्यो, दैनिक ४० पटकसम्म
असोज १०, २०८२ ११:४७
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मोबाइल वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायी रूपमा बढाएको छ । दशैँको अवसरमा असोज १३ देखि २१ गतेसम्म एक दिनमा बढीमा ४० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ ।
यस्तै, तिहार र छठ पर्वलाई लक्षित गरी कात्तिक ३ देखि १० गतेसम्म पनि प्राकृतिक व्यक्तिहरूले आफ्ना मोबाइल वालेटमा दैनिक बढीमा ४० पटकसम्म रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।
हालको प्रावधानअनुसार एक दिनमा बढीमा १० पटकसम्म मात्र रकम जम्मा गर्न सकिन्छ । अस्थायी अवधिमा भएका कारोबार संख्या र रकम वालेट कम्पनीहरूले राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागमा अनिवार्य रूपमा विवरण पेश गर्नुपर्नेछ ।
पछिल्लो अध्यावधिक: असोज १०, २०८२ ११:५४
