close

भोलिदेखि हुने नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक टी-२० सिरिजको लाइभ कुन देशबाट कसरी हेर्ने ?

टेकपाना टेकपाना

असोज १०, २०८२ १७:२२

भोलिदेखि हुने नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक टी-२० सिरिजको लाइभ कुन देशबाट कसरी हेर्ने ?

काठमाडौँ । भोलिदेखि यूएईको शारजाह क्रिकेट स्टेडियममा दुई पटकको टी-२० विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग नेपालले ऐतिहासिक टी-२० सिरिज खेल्दैछ । ‘युनिटी कप’ नाम दिइएको यो सिरिजले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मञ्चमा थप स्थापित गर्ने विश्लेषण गरिएको छ ।

शनिबार, सोमबार र मंगलबार (बेलुकी ८:१५ बजेदेखि) हुने खेलहरू विश्वभरका क्रिकेटप्रेमीहरूले विभिन्न माध्यमबाट प्रत्यक्ष हेर्न सक्नेछन् । नेपालमा रुटिन अफ नेपाल बन्दको आधिकारिक युट्युब च्यानलबाट खेल हेर्न सकिनेछ । टेलिभिजनमा भने कान्तिपुर टेलिभिजनले खेलको प्रत्यक्ष प्रसारण गर्नेछ । 

अन्तर्राष्ट्रिय दर्शकहरूका लागि पनि विभिन्न प्लेटफर्महरू तोकिएका छन् । अमेरिका, युरोप र मध्य पूर्वका दर्शकहरूले रुटिन अफ मिडिल इस्ट (Routine of Middle East) बाट खेलको आनन्द लिन सक्नेछन् ।

भारतमा क्रिकेटप्रेमीहरूले फ्यानकोड (Fancode) एपमार्फत खेलको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् । त्यसैगरी, अस्ट्रेलिया र न्युजिल्यान्डमा रहेका दर्शकहरूका लागि नेप मेलो (NepMelo) ले खेल प्रसारण गर्नेछ । बंगलादेश र भारतीय उपमहाद्वीपका अन्य क्षेत्रका दर्शकहरूले सोनी लिभ (SonyLIV) मार्फत नेपाल र वेस्ट इन्डिजको रोमाञ्चक भिडन्त हेर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज १०, २०८२ १८:७