close

पोर्ट्रेट फोटोग्राफीमा केन्द्रित भिभो भी६० लाइट नेपाली बजारमा आउँदै

टेकपाना टेकपाना

असोज १०, २०८२ १८:१८

पोर्ट्रेट फोटोग्राफीमा केन्द्रित भिभो भी६० लाइट नेपाली बजारमा आउँदै

काठमाडौँ । भिभोले नेपाली बजारमा भी सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन भिभो भी६० लाइट सार्वजनिक गर्ने भएको छ । नयाँ प्रविधि र फोटोग्राफी अनुभव अन्वेषण गर्न चाहने प्रयोगकर्तालाई लक्षित गरी कम्पनीले यो फोन चाँडै नै ल्याउन लागेको हो ।

फोनको मुख्य आकर्षणमा पोर्ट्रेट फोटोग्राफी, आकर्षक तथा प्रिमियम डिजाइन रहेका छन् । भिभोले क्यामेरामा उपलब्ध आफ्नो चर्चित 'Aura Light Technology' लाई सुधार गर्दै एआईमा आधारित 'Aura Light Portrait 3.0' समावेश गरेको छ । यसले पोर्ट्रेट फोटोलाई अझै प्राकृतिक र उत्कृष्ट बनाउन मद्दत गर्ने कम्पनीको भनाइ छ ।

यसमा ५० मेगापिक्सेलको सोनी आईएम एक्स ८८२ क्यामेरा रहनेछ । एआई इमेज स्टुडियोमार्फत स्मार्ट टच–अप, फोटोबाट अनावश्यक वस्तु हटाउने लगायतका सुविधा उपलब्ध हुनेछन् । यस सिरिजमा मात्र पाउने भनिएको एआई फोर सिजन पोर्ट्रेट फिचरमार्फत एउटै फोटोमा विभिन्न ऋतुका ब्याकग्राउन्ड क्रियट गर्न सकिनेछ ।

डिजाइनतर्फ फोनमा मिनिमल र प्रिमियम शैली अपनाइएको छ । प्रोसेसरका लागि मिडियाटेक डाइमेन्सिटी ७३६० वा स्नापड्रागन ६८५ विकल्प उपलब्ध हुने कम्पनीले जनाएको छ ।

फोनमा ६,५०० एमएएच क्षमताको ब्याट्री र ९० वाट फास्ट चार्जिङ सुविधा दिइनेछ ।

पछिल्लो अध्यावधिक: असोज ३०, २०८२ १४:१२