close

दशैँमा कुनै ओप्पो स्मार्टफोन खरिद गर्दा फाइन्ड एन५ सहित अनेक पुरस्कार पाउने अवसर

टेकपाना टेकपाना

असोज १४, २०८२ १२:२३

दशैँमा कुनै ओप्पो स्मार्टफोन खरिद गर्दा फाइन्ड एन५ सहित अनेक पुरस्कार पाउने अवसर

काठमाडौँ । ओप्पो नेपालले दशैंको अवसरमा आफ्ना ग्राहकका लागि ‘दशैंको बहार, ओप्पो फाइन्ड एन५ उपहार’ नामक योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकले हालै बजारमा आएको ओप्पो फाइन्ड एन५ (मूल्य रु. २,४९,९९९) सहित अन्य उपहार जित्ने अवसर पाउनेछन् ।

अभियान अवधिभर कुनै पनि ओप्पो स्मार्टफोन खरिद गर्ने ग्राहकहरू लक्की ड्रमा सहभागी हुन योग्य हुनेछन् । एक भाग्यशाली विजेताले नयाँ ओप्पो फाइन्ड एन५ प्राप्त गर्नेछन् भने अन्य हजारौँ सहभागीहरूले नगद पुरस्कार, स्मार्टफोन, सामान तथा ब्रान्डेड गिफ्टहरू प्राप्त गर्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

यस अन्तर्गत ८,००० ग्राहकलाई रु. १०० देखि रु. १,००० सम्मको नगद पुरस्कार, दुई जनालाई ओप्पो रेनो १४ सिरिज स्मार्टफोन, १० जनालाई ओप्पो ए५ सिरिज स्मार्टफोन, २०० जनालाई रियलफिट इयरबड्स, ५०० जनालाई रियलफिट स्पिकर र २०० जनालाई विशेष ओप्पो टी-शर्ट वितरण गरिनेछ  ।

यस योजनामा सहभागी हुनका लागि अभियान अवधिमा कुनै पनि ओप्पो स्मार्टफोन खरिद गर्ने ग्राहकले पसलमा उपलब्ध क्यूआर कोड स्क्यान गरी डिजिटल ह्विल घुमाउनुपर्नेछ । आईएमईआई नम्बर र नाम प्रविष्ट गरी विवरण प्रमाणित गरेपछि तत्कालै लक्की ड्रको नतिजा हेर्न र पुरस्कार पुष्टि गर्न सकिने कम्पनीले जनाएको छ ।

अभियान ५ कात्तिकसम्म सञ्चालन हुनेछ  । प्रस्ताव ‘पहिलो आउनेलाई पहिलो प्राथमिकता’ आधारमा उपलब्ध हुने भएकाले ग्राहकहरूलाई चाँडै सहभागी हुन कम्पनीले आग्रह गरेको छ । पुरस्कार दाबी गर्न खरिद गरिएका उपकरण सक्रिय हुनुपर्ने र ग्राहकहरूले वारेन्टी कार्ड तथा खरिद बीजक सुरक्षित राख्नुपर्नेछ ।

 

पछिल्लो अध्यावधिक: असोज १४, २०८२ १२:५५