close

क्रम्पटन ब्रान्डका विद्युतीय सामग्री खरिदमा मिक्स्चर, वाशिङ मसिन, रेफ्रिजेरेटर जित्ने मौका

टेकपाना टेकपाना

असोज २३, २०८२ १३:२७

क्रम्पटन ब्रान्डका विद्युतीय सामग्री खरिदमा मिक्स्चर, वाशिङ मसिन, रेफ्रिजेरेटर जित्ने मौका

काठमाडौँ । चाडबाडको समयमा भारतीय इलेक्ट्रोनिक्स ब्रान्ड क्रम्पटनका सामान खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै अफर सार्वजनिक भएको छ । नेपालका लागि कम्पनीको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले ‘क्रम्पटन दशैँ–तिहार ठुलो हर्ष’ नामक नयाँ योजना सार्वजनिक गरेको हो । 

जसमा ग्राहकले वाशिङ मसिनदेखि फ्रिजसम्म उपहार स्वरूप प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार नेपाली बजारमा क्रम्पटन ब्रान्डका फ्यान, एयर कुलर, वाटर हिटर, मिक्स्चर ग्राइन्डर लगायतका विभिन्न इलेक्ट्रोनिक्स सामानहरू उपलब्ध छन् । 

यी सामान खरिद गर्ने ग्राह मध्येबाट साप्ताहिक रूपमा लक्की ड्रमार्फत एक जनाले क्रम्पटन ब्रान्डकै मिक्सर ग्राइन्डर जित्न सक्नेछन् । त्यस्तै मासिक लक्की ड्रमार्फत माइडिया १०० सिरिजको ८ केजीको वाशिङ मसिन जित्न सकिनेछ । 

बम्पर उपहारको रूपमा लक्की ड्रका विजेताले माइडिया ४८२ लिटरको एसबीआर रेफ्रिजेरेटर जित्न सक्ने कम्पनीले जनाएको छ । यसका साथै यी ब्रान्डका सामान किस्ता बन्दीमा पनि खरिद गर्न सकिनेछ । 

सामानमा निःशुल्क डेलिभरीका साथै निःशुल्क जडानको समेत व्यवस्था रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यी ब्रान्डका सामानमा ६० महिनासम्मको वारेन्टी समेत उपलब्ध हुनेछ । 

कम्पनीले ल्याएको यो अफरमा सहभागी हुनका लागि सामान खरिद पश्चात् उपलब्ध हुने क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गर्नुपर्ने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २३, २०८२ १३:२७