close

अनरको नयाँ फोन: भुइँमा खस्दा नफुट्ने, पानीमा डुब्दा नबिग्रने दाबी

टेकपाना टेकपाना

असोज ३०, २०८२ १५:१७

अनरको नयाँ फोन: भुइँमा खस्दा नफुट्ने, पानीमा डुब्दा नबिग्रने दाबी

काठमाडौँ । अनरले नेपाली बजारमा आफ्नो नयाँ बजेट स्मार्टफोन अनर एक्स सेभेन डी (HONOR X7d) सार्वजनिक गरेको छ । बजेट सेगमेन्टमा प्रिमियम डिजाइन, उच्चस्तरको सुरक्षा र शक्तिशाली फिचरसहित नेपाली उपभोक्ताका लागि यो फोन भित्र्याएको कम्पनीले जनाएको छ ।

यो फोन गोल्ड लेभल एसजीएस फाइभ स्टार ड्रप प्रोटेक्सन र आईपी६५ वाटर रेसिस्टेन्स प्रविधिसहित आएको छ । जसका कारण भुइँमा खस्दा पनि फोन नफुट्ने र पानीमा डुब्दा नबिग्रने कम्पनीको दाबी छ । अनरले यसलाई प्रिमियम फिल दिने बजेट फोनको रूपमा प्रस्तुत गरेको छ ।

फोटोग्राफीका लागि यसमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा दिइएको छ । साथमा एआई आउट पेन्टिङ, एआई कटआउट, एआई आईज ओपन (AI Eyes Open) जस्ता स्मार्ट एडिटिङ टुलहरूले प्रयोगकर्ताको फोटो स्वचालित रूपमा सुधार गर्ने सुविधा दिन्छन् ।

फोनमा ८ जीबी र्‍याम छ, जसलाई १६ जीबीसम्म विस्तार गर्न सकिने छ । त्यस्तै २५६ जीबी र ५१२ जीबी इन्टर्नल स्टोरेजको विकल्प छ ।

यो फोन एन्ड्रोइड १५ मा आधारित म्याजिक ओएस नाइनमा चल्छ । साथै, ६५०० एमएएच ब्याट्री र ३५ वाट फास्ट चार्जिङ सपोर्टसमेत रहेको छ ।

कम्पनीले ५१२ जीबी भेरियन्टको मूल्य ३० हजार ९९९ रुपैयाँ र २५६ जीबी भेरियन्टको मूल्य २६ हजार ९९९ रुपैयाँ निर्धारण गरेको छ ।

ग्राहकहरूले ४० प्रतिशत डाउन पेमेन्ट गरेर बाँकी रकम ब्याजबिनै किस्तामा तिर्न सक्ने सुविधा पनि पाउनेछन् ।

अनरले 'Early Bird Offer' अन्तर्गत यो फोन खरिद गर्ने ग्राहकलाई 'Honor X7e Active Choice Earbuds' निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज ३०, २०८२ १५:२९