close

कामना सेवा विकास बैंकको ‘डोर स्टेप बैंकिङ सर्भिस’, घरमै बसेर यी सेवा निःशुल्क लिन सकिने

टेकपाना टेकपाना

असोज ३०, २०८२ १६:५३

कामना सेवा विकास बैंकको ‘डोर स्टेप बैंकिङ सर्भिस’, घरमै बसेर यी सेवा निःशुल्क लिन सकिने

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले  विशिष्ट वचत खाता अन्तर्गत ‘डोर स्टेप बैंकिङ सर्भिस’ सञ्चालनमा ल्याएको छ । विशेषगरी व्यस्त ग्राहक तथा बैंकसम्म पुग्न नसक्नेहरूलाई लक्षित गरी बैंकले यो सेवा सुरु गरेको हो ।

प्रविधिमा आधारित यस सेवामार्फत ग्राहकहरूले नगद जम्मा गर्ने, नगद झिक्ने, चेक बुक माग गर्ने, बैंक स्टेटमेन्ट, ब्यालेन्स सर्टिफिकेट लगायतका विभिन्न बैंकिङ सुविधाहरू निःशुल्क रूपमा घर वा कार्यालयमै प्राप्त गर्न सक्ने बताइएको छ ।

ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपमार्फत् सेवा अनुरोध गर्न सक्नेछन् भने बैंकका प्रतिनिधिले तोकिएको स्थानमै पुगेर सेवा प्रदान गर्नेछन् ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त यो सेवाले डिजिटल बैंकिङको प्रवर्द्धन गर्दै बैंकिङ पहुँचलाई थप सहज र प्रविधिमैत्री बनाउने विश्वास बैंकले लिएको छ ।  बैंकका प्रमुख मार्केटिङ अधिकृत दिपेन्द्र सुवेदीले विश्वका केही विकसित देशहरूमा यस्तो प्रचलन भए पनि नेपालको बैंकिङ इतिहासमा यो पहिलो भएको बताए । उनले ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै डिजिटल प्रविधिमा आधारित यो सेवा सुरु गरिएको जानकारी दिए ।

यो सेवाले दैनिक रूपमा व्यस्त व्यवसायी, कार्यालयका कर्मचारी, गृहिणी र ज्येष्ठ नागरिकहरूलाई समयको बचत, सहजता र सुरक्षाको पूर्ण अनुभूति गराउने बैंकको दाबी छ । यसअन्तर्गत बैंकको लकर सुविधा, एटीएम डेबिट कार्ड र मोबाइल बैंकिङ सुविधा पनि निःशुल्क उपलब्ध हुनेछन् ।

हाल यो सेवा काठमाडौँ, ललितपुर र भक्तपुरमा सुरु गरिएको छ भने विस्तारै देशभर विस्तार गर्ने योजना ल्याइएको छ ।

 

पछिल्लो अध्यावधिक: असोज ३०, २०८२ १६:५३