close

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने दाबी, यस्तो छ प्याकेज र मूल्य

टेकपाना टेकपाना

कात्तिक २३, २०८२ १८:४३

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने दाबी, यस्तो छ प्याकेज र मूल्य

काठमाडौँ । नेपालको ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘वर्ल्डलिंक सिक्सजी’ घोषणा गरेको छ । आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै कम्पनीले नयाँ पुस्ताको इन्टरनेट प्रविधि सार्वजनिक गरेको हो । 

यसले नेपाली उपभोक्ता र व्यवसायका लागि इन्टरनेट कनेक्टिभिटीको अनुभवलाई नयाँ दिशा दिने कम्पनीको दाबी छ । भविष्यको इन्टरनेटको रूपमा प्रस्तुत गरिएको ‘वर्ल्डलिंक सिक्सजी’ले हाल प्रचलनमा रहेको वाई-फाई फाइभ प्रविधिभन्दा ४० प्रतिशत बढी कभरेज र चार गुणासम्म उच्च थ्रुपुट प्रदान गर्ने बताइएको छ ।

कम्पनीका अनुसार यसले प्रयोगकर्तालाई अझ सहज पर्फमेन्स, भरपर्दो कनेक्सन र विभिन्न डिभाइस तथा स्थानमा पहिलेभन्दा मजबुत कनेक्टिभिटी सुनिश्चित गर्नेछ ।

नयाँ प्रविधिको सुरुवातको अवसरमा वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलीप अग्रवालले नवप्रवर्तन र ग्राहक सन्तुष्टिप्रति निरन्तर प्रतिबद्ध रहेको बताए ।

उनले भने, “वाई-फाई सिक्स नेपालको स्मार्ट, द्रुत र प्रभावकारी डिजिटल जीवनतर्फको एक निर्णायक कदम हो ।”

यस्तो छ सिक्सजी प्याकेज:

 

 

पछिल्लो अध्यावधिक: कात्तिक २३, २०८२ १८:४३