close

रियलमी १५ प्रो फाइभजी स्मार्टफोन नेपाली बजारमा, सुरुवाती मूल्य ६७ हजार

टेकपाना टेकपाना

मंसिर ३, २०८२ १०:४३

रियलमी १५ प्रो फाइभजी स्मार्टफोन नेपाली बजारमा, सुरुवाती मूल्य ६७ हजार

काठमाडौँ । चिनियाँ ब्रान्ड रियलमीले आफ्नो नयाँ प्रिमियम स्मार्टफोन ‘रियलमी १५ प्रो फाइभजी’ नेपालको बजारमा उपलब्ध गराएको छ । कम्पनीले यो मोडललाई युवा वर्गका लागि लक्षित गर्दै ‘नेपालको अल्टिमेट एआई पार्टी फोन’ का रूपमा प्रस्तुत गरेको छ ।

स्न्यापड्रागन सेभेन जेन फोर प्रोसेसरबाट सञ्चालित फोनमा सोनी आईएमएक्स ८९० ओआईएस सहितको ट्रिपल ५० मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा सिस्टम, ५० मेगापिक्सेल हाई-रेज फ्रन्ट क्यामेरा र फोरके ६० एफपीएस भिडिओ रेकर्डिङ क्षमता लगायतका फिचर समावेश छन् ।

साथै ६५०० निट्स अल्ट्रा-ब्राइट डिस्प्ले, १४४ हर्ज अल्ट्रा-स्मुथ स्क्रिन र ८० वाट फास्ट चार्जिङ सहितको ठुलो ७००० एमएएच् ब्याट्रीले गेमिङ र मनोरञ्जनको अनुभवलाई अझ उत्कृष्ट बनाउने कम्पनीको भनाइ छ ।

फ्लोइङ सिल्भर र भेल्भेट ग्रीन गरी दुई रंगमा यो मोडेल उपलब्ध छ । १२ जीबी+२५६जीबी भेरियन्टको मूल्य ६६ हजार ९९९ रुपैयाँ र १२ जीबी+५१२जीबी भेरियन्टको मूल्य ७१ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

यी सुविधासँगै आईपी६९/आईपी६८/आईपी६६ पानी तथा धुलो प्रतिरोध क्षमता र ७००० एमएम² एयरफ्लो भीसी कुलिङ सिस्टम जस्ता सेक्युरिटी फिचर पनि छन् ।

पछिल्लो अध्यावधिक: मंसिर ३, २०८२ १०:४७