close

लिबर्टी कलेजमा ‘डिजिटल भोटिङ: नेपालका लागि आवश्यकता कि कल्पना’ विषयमा राउन्ड टेबुल छलफल

टेकपाना टेकपाना

मंसिर ३, २०८२ १३:१९

लिबर्टी कलेजमा ‘डिजिटल भोटिङ: नेपालका लागि आवश्यकता कि कल्पना’ विषयमा राउन्ड टेबुल छलफल

काठमाडौँ । काठमाडौँको अनामनगरस्थित लिबर्टी कलेजमा ‘डिजिटल भोटिङ: नेपालका लागि आवश्यकता कि कल्पना’ विषयमा राउन्ड टेबल छलफल हुने भएको छ । भोलि बिहीबार बिहान ७:३० देखि ९:३० सम्म उक्त छलफल आयोजना हुन लागेको हो । 

प्रविधिमा रुचि राख्ने विद्यार्थीहरूलाई सिक्ने, प्रतिस्पर्धा गर्ने र नवप्रवर्तनमा सहभागी गराउने उद्देश्यसहित गठित विद्यार्थी सङ्गठन ‘टेक एक्स’ले उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा विद्यार्थी, शिक्षकसहित सरोकारवालाबिच नेपालमा डिजिटल भोटिङको सम्भावना, अवसर र चुनौतीको बारेमा छलफल हुने आयोजकले जनाएको छ । 

कार्यक्रममा सर्वोच्च अदालतका शाखा अधिकृत सिम्रन नापित र स्पिक अप नेपालका सीईओ प्रिन्स शाह प्रमुख अतिथि तथा निर्णायकको भूमिकामा रहने छन् । उक्त छलफलमा लिबर्टी कलेज र ग्लोबल कलेजका गरेर ११ जना विद्यार्थीहरू सहभागीले आफ्ना विचारहरू राख्नेछन् । ती मध्ये उत्कृष्ट एक जनाले १५ सय रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ । दर्शकको रूपमा क्याम्पसमा उपस्थित भएर राउन्ड टेबलमा सहभागी जनाउन सकिने आयोजकले जनाएको छ । 

पछिल्लो अध्यावधिक: मंसिर ३, २०८२ १३:१९