close

झापाका केशव खनाल बने सीजी ब्रान्डको दशैँ-तिहार लक्की ड्रका विजेता

टेकपाना टेकपाना

मंसिर ५, २०८२ १६:२३

झापाका केशव खनाल बने सीजी ब्रान्डको दशैँ-तिहार लक्की ड्रका विजेता

काठमाडौँ । ‘सीजी ब्रान्डको दशैँ-तिहार योजना’ अन्तर्गत सञ्चालन गरिएको ‘स्मल होम एप्लायन्सेस पाक्षिक लक्की ड्र’ को विजेता घोषणा गरिएको छ । यस योजनामा सहभागी ग्राहकहरूमध्ये झापा, बिर्तामोडका केशव खनाल विजेता बनेका छन् ।

एक कार्यक्रममा सीजीले विजेता खनाललाई ‘सीजी मेरिडिया सिग्नेचर सिरिज’ अन्तर्गतको विशेष होम एप्लायन्सेस गिफ्ट प्याक प्रदान गरेको छ । 

सीजी ब्रान्डले लामो समयदेखि नेपाली उपभोक्ताको दैनिक जीवन सहज र सरल बनाउने उद्देश्यले उत्कृष्ट गुणस्तरका साना घरायसी उपकरणहरू उपलब्ध गराउँदै आएको छ ।
मिक्सर-ग्राइन्डर, जुसर, ब्लेन्डर, कुकर, इन्डक्शन चुलो, फ्यान, हिटर, भ्याकुम क्लिनर, इलेक्ट्रिक केतली, टोस्टर, ग्रिलरदेखि कफी मेकरसम्मका उत्पादनहरू सुपथ मूल्य, आकर्षक डिजाइन र दीर्घकालीन कार्यक्षमतासहित बजारमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

“४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवामार्फत लाखौँ उपभोक्ताको विश्वास जितेको छ,” कम्पनीले विज्ञप्तिमा लेखेको छ ।

सीजीले देशभर २० आधुनिक शोरुम र ४० सेवा केन्द्रमार्फत बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ । साथै, आधिकारिक वेबसाइटमार्फत अनलाइन बिक्री सेवा पनि सञ्चालन गर्दै आएको छ ।

 

पछिल्लो अध्यावधिक: मंसिर ५, २०८२ १६:४८