close

नेपाली बजारमा सामसङ ग्यालेक्सी ट्याब ए११ सार्वजनिक, ७ वर्षसम्म ओएस अपग्रेड सुविधा

टेकपाना टेकपाना

मंसिर ५, २०८२ १६:५८

नेपाली बजारमा सामसङ ग्यालेक्सी ट्याब ए११ सार्वजनिक, ७ वर्षसम्म ओएस अपग्रेड सुविधा

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी ट्याब ए११ नेपाली बजारमा भित्र्याएको छ । शक्तिशाली प्रदर्शन, पोर्टेबिलिटी र आकर्षक डिजाइनको संयोजन सहित सबै उमेरका प्रयोगकर्ताका लागि उपयुक्त हुनेगरी यो ट्याब ल्याएको कम्पनीले जनाएको छ ।

ग्यालेक्सी ट्याब ए११ मा रहेको ८.७ इन्चको ठुलो डिस्प्ले छ । हेलियो जी९९ प्रोसेसरसमेत रहेकोले मल्टिटास्किङ, एप स्विचिङ र स्ट्रिमिङ सहज हुने सामसङको भनाइ छ ।

हल्का र स्लिम डिजाइन भएको ट्याबमा ५१०० एमएएच क्षमताको ब्याट्री रहेको छ । प्रयोगकर्ताले ग्यालेक्सी फोनसँग फाइल शेयरिङ, नोटिफिकेसन व्यवस्थापनजस्ता सुविधा एकै प्लेटफर्ममा अनुभव गर्न सक्छन् ।

यसमा उपलब्ध एलटीई र वाई-फाई दुवै भेरियन्टले विभिन्न प्रयोग आवश्यकताअनुसार सुविधा दिन्छन् । कम्पनीले यो मोडलमा सात वर्षसम्म ओएस अपडेट र सात वर्षसम्मै सेक्युरिटी अपडेट उपलब्ध गराउने बताएको छ । साथै, सामसङ किड्स मोड, प्यारेन्ट्रल कन्ट्रोल सुविधा र मल्टिपल युजर प्रोफाइलले यसलाई परिवारमैत्री बनाएको कम्पनीको भनाइ छ ।

सामसङ नेपालका एमएक्स निर्देशक प्रणय रत्न स्थापितले ग्यालेक्सी ट्याब ए११ ले नेपाली प्रयोगकर्तामा सामसङको भरपर्दो इनोभेशन झनै व्यापक रूपमा पुर्‍याउने बताए । “विद्यार्थीदेखि युवा प्रोफेसनल र परिवारसम्म सबैका लागि उपयुक्त र भरपर्दो डिभाइसलाई सहज रूपमा उपलब्ध गराउने हाम्रो लक्ष्य हो,” उनले भने ।

मूल्य

ग्यालेक्सी ट्याब ए११ को एलटीई भेरियन्ट (८ जीबी/१२८ जीबी) को मूल्य ३० हजार ९९९ रुपैयाँ र वाई-फाई भेरियन्ट (४ जीबी/६४ जीबी) को मूल्य १९ हजार ४९९ रुपैयाँ तोकिएको छ।

साथै, सामसङ इन्स्टा फाइनान्स सेवामार्फत ०% ब्याजदरमा सजिलो ईएमआई सुविधासमेत उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: मंसिर ५, २०८२ १६:५८